पोखरामा साहित्य महोत्सव सुरु | Khabarhub Khabarhub

पोखरामा साहित्य महोत्सव सुरु


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

पोखरा । पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल ‘लिटरेचर फेस्टिभल’ सुरु भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार फेस्टिभलको उद्घाटन गरे ।

फेस्टिभलको उद्घाटनमा मुख्यमन्त्री पाण्डेले साहित्य र राजनीति दुवै नै समाज परिवर्तनको संवाहक भएको बताए । साहित्यले सपना देख्ने र राजनीतिले त्यसलाई पूरा गर्ने उनको भनाइ छ ।

‘साहित्य र राजनीति दुवैको अन्तिम ध्येय नै समाज परिवर्तन हो । साहित्यले समाज परिवर्तनका लागि कल्पना गर्दछ’, मुख्यमन्त्री पाण्डेले भने, ‘राजनीतिले त्यो परिकल्पनालाई पूरा गर्न सहियोग पु-याउँछ ।’

पोखरामा लिटरेचर फेस्टिभल पोखराकै पहिचानको महोत्सव भइसकेको र यसले पोखराको पर्यटनमासहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘नेपाल लिटरेचर फेस्टिभल अहिले एउटा ‘ब्रान्ड नेम’ भइसक्यो । अहिले पोखराले आफ्नो पहिचानको महोत्सवको रुपमा मान्न थालिसकेको छ,’ उनले भने ।

पोखरालाईमात्रै नभई नेपाललाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । महोत्सवमा आउने विश्वविख्यात साहित्यकार, कलाकार पोखरा आउँदा प्रचारप्रसारमा पनि सहयोग पुगिरहेको उनको भनाइ थियो ।

‘यहाँ हुने सेसनहरु बौद्धिक, राजनीतिक, प्राज्ञिक वक्ताका कारण नागरिकलाई आकर्षित गरिहेको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘पोखरा अन्तर्राष्ट्रियस्तरमा झन परिचित हुन सहयोग पुगेको छ ।’ उनले नेपाली कला, संस्कृति तथा बौद्धिक बहसको विकासका लागि महोत्सवले ऊर्जा थपिरहेको बताए ।

त्यस्तै कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ संविधान पनि साहित्यभित्रै पर्ने बताए । उनले साहित्य भन्नेबित्तिकै आख्यान र गैरआख्यानको कुरा आउने उल्लेख गरे ।

उनले भने, ‘ साहित्य भन्नेबित्तिकै आख्यान र गैरआख्यानको कुरा आउँछ । गैरआख्यानमा संविधान, कानुनका विषय आउँछन् । संविधान पनि साहित्यभित्रै पर्छ । संवैधानिक साहित्यको अवस्था के छ भने— साहित्यलाई जीवनको अंश मान्ने हो भने संविधान पनि समाजको अंश हुनुपथ्र्यो । समाजमा भित्र पस्नुपथ्र्यो । संविधान पनि हाम्रो आख्यान र गैरआख्यान दुवै क्षेत्रमा व्याप्त हुनुपथ्र्यो । ता कि यसले जीवनमा प्रभाव पार्नुपथ्र्यो र जीवनका कुरा यसमा परिलक्षित हुनुपथ्र्यो । साहित्य र संविधान जात नमिल्ने हैनन्, सजातीय हुनुपथ्र्यो । तर यथार्थमा यस्तो भएको छैन । साहित्यलाई हामीले कथा, कविता, उपन्यासका रूपमा, आख्यानका रूपमा मात्र धेरै लियौं । यता संविधान गैरआख्यानको क्षेत्रमा जति विकसित हुनुपथ्र्यो, त्यो पनि भएको छैन ।’

संविधानमा नागरिकका लागि धेरै अधिकारहरु लेखिएको भएपनि पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको श्रेष्ठले बताए । ‘संविधानमा हकहरू त थुप्रै लेखिएका छन् । कतिलाई हकहरू के–के छन् भन्ने पनि थाहा छैन । अरु त अरु त्यससँग सम्बद्ध जुन जुन वर्गहरू हुन्, तिनले पनि हकहरू थाहा पाउँदैनन् । महिलाले महिलाको हक संविधानमा कति छ त्यो पनि थाहा पाएका छैनन् ।’ उनले भने, ‘बालकले बालकको पनि थाहा पाएको अवस्था छैन । दलितले दलितको पनि थाहा पाउँदैन, फरक क्षमता भएका व्यक्तिले कति छ हाम्रो अधिकार भन्ने पनि थाहा पाएको देखिएको छैन । सेवा पनि थाहा पाएका छैनन् र तिनले हक पनि थाहा पाउँदैनन् । उपभोग गर्ने तरिका, उपभोग गर्ने क्षमता पनि थाहा पाएको अवस्था छैन ।’

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्कीले साहित्यले समाजलाई सत्मार्गमा देखाउन आवश्यक रहेको बताए । उनले गण्डकी प्रज्ञा प्रतिष्ठान भाषा, ज्ञान विकास गर्न स्थापना भएको सुनाए । फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले थुप्रै मेहनतले महोत्सवलाई ११औं संस्करणसम्म ल्याउन सकेको बताए । ‘हाम्रा जीवनमा पनि थुप्रै अपूरा, अभावहरु छन् । ती सबैलाई मल्हम साहित्य महोत्सवले गर्छ भन्ने विश्वासले नै हाम्रो अभियान हो’, उनले भने ।

फेस्टिभलकै अवसरमा कार्टुनिस्टका बादशाह परिचय बनाएका कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’को पुस्तक ‘वात्स्यायन एन्ड हिज बाब्र्स’ विमोचन भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले उक्त कार्टुन संग्रह विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै उनले वात्स्यायन पोखराका अग्ला शिखर भएको बताए । उनले आफू यसअघि विभिन्न संघसंस्थाको नेतृत्वमा हुँदा वात्स्यायनलाई विभिन्न भूमिकामा रथारोहण गराउने मौका पाएको बताए ।

मेयर आचार्यले पोखरामा साहित्य महोत्सव हुँदै गर्दा आफूले सहपाठीसमेत रहेका स्वर्गीय रवीन्द्र अधिकारीको पनि स्मरण गरे । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पूर्वपर्यटनमन्त्री अधिकारीले पोखरामा लिटरेचर फेस्टिभल ल्याउन महत्वपूर्ण भूमिका निभाएको सम्झिए । ‘यो अहिले पोखरा चिनाउने गौरवको फेस्टिभल भइसकेको छ । यसलाई निरन्तरता दिन पोखरा महानगरले के सहयोग गर्नुपर्ने हो हामी तयार छौं,’ उनले भने ।

विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले वात्स्यायनको व्यक्तित्व वर्णन गरेका थिए । उनले दुर्गा बराल पोखराकै लागि एक आदर्श पुरुष भएको सुनाए । ‘पोखरालाई कार्टुनमा मात्रै होइन, पानी रङको सहरका रुपमा चिनाउन पनि महत्वपूर्ण भूमिका निभाउनुभएको छ’, उनले भने ।

सोही अवसरमा चित्रकार सुजना श्रीशको चित्रकला प्रदर्शनी पनि सुरु गरिएको छ । उक्त प्रर्दशनी पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी हुन् । फागुन ७ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन सत्रमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत् प्रवचन दिएका थिए ।

फेस्टिभलको पहिलो दिनको अन्तिम सत्र संकवितामा कवि कुमार नगरकोटीले कुटुम्ब ब्यान्डका साथ कविता वाचन गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १० : २३ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने