राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ : सभामुख घिमिरे


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

उदयपुर – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको आज सालिक अनावरण गर्दै सभामुख घिमिरेले उहाँले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उदयपुरको माटोमा जन्मिनुएका थापा २००७ सालको प्रजातान्त्रिक योद्धाका साथै गान्धिवादी नेता भएको उनले उल्लेख गरे ।

विसं २००७ मा राणा शासनविरुद्ध लड्नुभएका थापाले प्रजातन्त्र स्थापनापछि स्वदेशमा उत्पादन गरिएको कपडा लगाउने भन्दै विराटनगर जुटमिलबाट उत्पादित लुगा मात्र लगाउनुभएको सभामुख घिमिरेले स्मरण गरे ।

गम्भीरबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सांसद् अमर रायमाझी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, प्रहरी प्रमुख रमेश थापासहित जिल्लाका विभिन्न राजनीतिक दलका नेतालगायतको उपस्थिति थियो । जिल्ला हुलाक कार्यालयका प्रमूख हरिप्रसाद खत्रीका अनुसार स्व थापाको फोटोसहितको रु १० को टिकट आजैदेखि प्रयोगमा आएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १० : ४८ बजे

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

तुलसीपुर– लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने