टिकटक र फेसबुकलाई पछि पार्दै इन्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप « Khabarhub

टिकटक र फेसबुकलाई पछि पार्दै इन्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको नम्बर १ एपको सन्दर्भमा, मानिसहरू प्रायः फेसबुक वा टिकटक पहिलो स्थानमा होला भन्ने सोच्छन्, तर त्यस्तो होइन। 

अब इन्स्टाग्रामले यी दुवै एपलाई उछिनेर पहिलो नम्बरमा पुगेको छ । खासमा, केही देशहरूमा टिकटक प्रतिबन्धित हुँदा इन्स्टाग्रामलाई फाइदा भएको हो। यस बाहेक टिकटक पछि पर्नुमा अन्य केही कारणहरू छन्।

सेन्सर टावरको रिपोर्ट अनुसार विश्वमा इन्स्टाग्रामको डाउनलोड २० प्रतिशतले बढेको छ । सन् २०२३ मा इन्स्टाग्राम एप ७६ करोड ७० लाख पटक डाउनलोड भएको थियो, जुन अघिल्लो वर्ष अर्थात २०२२ को तुलनामा २० प्रतिशत बढी हो। टिकटकको बारेमा कुरा गर्दा यो ७३।३ करोड पटक डाउनलोड गरिएको थियो। यो चिनियाँ एप भारतमा प्रतिबन्धित छ भने अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।

इन्स्टाग्रामको लोकप्रियता २०२० बाट बढेको छ किनकि रिल्स यसै वर्ष लन्च गरिएको थियो। मानिसहरूको भिडियोको क्रेज पछि मात्र इन्स्टाग्राम रिल्स लन्च गरिएको हो । इन्स्टाग्राम रिल्स एक सुविधा हो, जसमा प्रयोगकर्ताहरूले छोटो क्लिपहरू सिर्जना गरेर यस प्लेटफर्ममा भिडियोहरू साझेदारी गर्न सक्छन्।

इन्स्टाग्रामको रिल्स फिचर युवा पुस्तामा सबैभन्दा लोकप्रिय छ। युवायुवतीले विभिन्न विषयमा भिडियो बनाएर इन्स्टाग्राममा सेयर गर्ने गरेका छन् । यो इन्स्टाग्राम एपको बढ्दो लोकप्रियताको प्रमुख कारण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

डाउनलोडको मामिलामा इन्स्टाग्राम विश्वको नम्बर १ एप बन्न सक्छ तर समय बिताउने हिसाबले टिकटक अझै अगाडि छ। गत वर्षको तथ्याङ्कले देखाउँछ कि प्रयोगकर्ताहरूले टिकटकमा औसत ९५ मिनेट खर्च गरेका थिए जबकि इन्स्टाग्राममा यो समय ६२ मिनेट थियो। यस बाहेक प्रयोगकर्ताहरूले ट्विटरमा ३० मिनेट र स्न्यापच्याटमा १९ मिनेट बिताएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै