कांग्रेसले घेराऊ गर्दा रवि लामिछानेले विधेयक पेश गर्न पाएनन् « Khabarhub

कांग्रेसले घेराऊ गर्दा रवि लामिछानेले विधेयक पेश गर्न पाएनन्

गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने कांग्रेसको माग


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नाराबाजी र घेराऊ गरेका छन् । कांग्रेसको विरोधका कारण मन्त्री लामिछानेले विधेयक प्रस्तुत गर्न पाएनन् ।

सभामुख देवराज घिमिरेले लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने विधेयक टेबल गर्न निर्देशन दिएका थिए । तर, कांग्रेस सांसदहरु गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नाराबाजीमा उत्रिए ।

मन्त्री लामिछाने पोडियममा जानका लागि उठिसकेका थिए, तर बाटो छेकिएपछि मुसुमुसु हाँस्दै उभिइरहे ।

कांग्रेसको अवरोध लगत्तै सभामुखले कार्यसूचीमा रहेका एजेण्डाहरु हटाइएको घोषणासहित आइतबार ११ बजेसम्मका लागि संसदको बैठक स्थगित गरे ।

शुक्रबारको बैठकको सुरुमा पनि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुखले सांसद प्रदीप पौडेललाई बोल्न दिएका थिए । पौडेलले सहकारी ठगीको आरोप लागेको कारण जनाउँदै गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राखे । यसबारे प्रधानमन्त्रीले संसदलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने पनि पौडेलले बताए । त्यसपछि विभिन्न सांसदहरुले बोल्ने सिलसिला चल्यो ।

यो पनि- 

‘गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बसिरहनुभएको छ ?’

माओवादीका नेता सुनले पहेँलपुर भइसके : सांसद सेजुवाल

‘पूर्वउपराष्ट्रपति राज होइबक्सेको दरबारको स्रोत के हो ?’

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ४ : ३१ बजे

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५

नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक

काठमाडौं– साहित्यकार प्रार्थना खनालद्वारा लिखित नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक

‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान

काठमाडौं- एलजीले नेपाली बजारलाई लक्षित गरी आफ्नो नयाँ घरेलु उपकरण

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई