रवि लामिछानेको दाबी : मेरो जवाफ सुनेपछि कांग्रेस बेहोस हुने हो कि ! | Khabarhub Khabarhub

रवि लामिछानेको दाबी : मेरो जवाफ सुनेपछि कांग्रेस बेहोस हुने हो कि !


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  गृहमन्त्री रवि लामिछानेले संसदमा नेपाली कांग्रेसलाई जवाफ दिने बताएका छन् । आफ्नो जवाफ सुनेपछि कांग्रेस नेताहरु बेहोस हुन सक्ने लामिछानेको भनाइ छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेको राजीनामा मागेका थिए । लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधनका लागि विधेयक टेबल गर्न खोज्दा कांग्रेसको घेराउपछि उनी पोडियममा जान सकेका थिएनन् ।

संसद बैठक आइतबारसम्मका लागि स्थगित भएपछि गृहमन्त्री लामिछानेले सञ्चारकर्मीहरुसँग भने, ‘संसदमा विधेयक नै प्रस्तुत गर्न नदिने हो भने त के गर्न सकिन्छ र ? कानुन बनाउने प्रक्रिया त रोक्नु भएन नि त ।’

 ‘९ मिनेट १८ सेकेन्डमा क्लियर पार्छु’

संसदमा कांग्रेसले आफ्नोबारे उठाएका प्रश्नहरुको जवाफ दिन तयार रहेको बताउँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले भने, ‘जवाफ दिनका लागि तयारै छु । जवाफ सुनेपछि उहाँहरु बेहोस हुने हो कि थाहा छैन ।’

चैत ६ गते प्रधानमन्त्रीले संसदमा जवाफ दिने बताउँदै मन्त्रधी लामिछानेले सभामुखसँग आफूले पनि समय मागेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले जवाफ दिने कुरा तय भएको छ । सभामुखले रुलिङ गरिसक्नुभएको छ । ६ गते प्रधानमन्त्रीले जवाफ दिँदै हुनुहुन्छ ।

संसदमा आफूले जवाफ दिन पाउनुपर्ने सभामुखसँग माग गरेको लामिछानेले बताए । उनले भने, ‘मैले जवाफ दिन पाउँ भनेको छु । सभामुखले रुलिङ गर्नुभयो भने गृमहन्त्रीमाथि उठेका प्रश्नको जवाफ दिने त हो नि सदनमा ।’
मन्त्री लामिछानेले अगाडि भने, ‘सभामुखबाट मलाई रुलिङ भएको एक छिनमा, ९ मिनेट १८ सेकेन्डमा म यो सबै कुरा क्लियर गर्दिन्छु । ९ मिनेट १८ सेकेन्ड ।’

कांग्रेसले लोकतन्त्र आफैं पढोस्

नेपाली कांग्रेसले लोकतन्त्रको पाठ आफैं पढ्नुपर्ने मन्त्री लामिछानेले प्रतिक्रिया दिए । उनले भने, ‘कुन कुरा सडकमा गर्ने, कुन कुरा सदनमा गर्ने भन्ने नेपाली कांग्रेसजस्तो इतिहास बोकेको लोकतान्त्रिक दललाई भर्खरै आएको दलले पढाउन सुहाउँछ ? हामी पढाउँदैनौं । कांग्रेसले आफैं पढोस् ।’

आफ्नो पार्टीले संसदमा प्रश्न उठाए पनि अवरुद्ध नगरेको लामिछानेले बताए । उनले भने, ‘हामीले सदन चल्न दियौं । प्रश्न सोध्यौं । प्रश्नको जवाफ चाहिन्छ भन्यौं । जवाफ आयो, हामीले आफ्नो काम गर्यौं । हामीले सदन नचलेको दिनमा सदन चल्नुपर्छ भन्यौं । सदन नचलेको दिनको पैसा लिँदैनौं भन्यौं ।’

संसद अवरुद्ध पार्ने विपक्षीको अधिकार भएता पनि कानुन नै बन्न नदिने गरी अवरोध गर्नु उचित नभएको मन्त्री लामिछानेको तर्क छ । संसद बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘बन्द गर्ने, चल्न नदिने विपक्षीको अधिकार पनि होला । त्यो अधिकारको म सम्मान पनि गर्छु । लोकतन्त्रले दिएको त्यो संसदको एउटा अभ्यास पनि हो । तर, कानुन नै पास गर्न नदिने तहको कुरा त राम्रो होइन ।’

भिडियो-

https://fb.watch/qQ0o3EVfpD/

नेपाली कांग्रेसले अहिले रास्वपाकै मुद्दा बोक्न थालेको लामिछानेले दाबीसमेत गरे ।

उनले भने, ‘रास्वपाले भनेका मुद्दाहरु अहिले उठाइएको छ । विश्वविद्यालयमा राजनीति हुनुहुँदैन भनेर रास्वपाले भन्थ्यो, उहाँहरु त्यही भन्न थाल्नुभयो । मेरिटका आधारमा हुनुपर्छ भन्यौं, त्यही भन्न थाल्नुभयो । चुनावमा टिकट खल्तीबाट बाँड्ने हैन, प्राइमरी गर्नुपर्छ भन्यौं, प्राइमरी भन्न थाल्नुभयो । सप्पै त रास्वपाको भनिरहनुभएको छ ।’

शुक्रबारको बैठकमा कांग्रेस सांसदहरुले मन्त्री लामिछानेलाई सहकारी पीडिकको संज्ञा दिँदै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए । कांग्रेस नेताहरुले लामिछानेलाई गृहमन्त्रीका रुपमा स्वीकार गर्न नसकिने बताएका थिए ।

यो पनि-

‘गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बसिरहनुभएको छ ?’

माओवादीका नेता सुनले पहेँलपुर भइसके : सांसद सेजुवाल

‘पूर्वउपराष्ट्रपति राज होइबक्सेको दरबारको स्रोत के हो ?’

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : १५ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित