पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ, सांसदले खोजे सम्पत्तिको स्रोत | Khabarhub Khabarhub

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ, सांसदले खोजे सम्पत्तिको स्रोत


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

शुक्रबार साँझ प्रहरीले उनलाई धापासीबाट पक्राउ गरेकाे गृहमन्त्री रवि लामिछाने निकट श्राेतले खबरहबलाई जानकारी दिएकाे छ।

पुन माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीमा महासचिवसमेत हुन् ।

केही वर्षअघि अख्तियारका आयुक्त राजनारायण पाठकसँग घुसको डिल गरिएको भिडियो प्रकरणमा पनि दीपेश पुनको नाम मुछिएको थियो । तर, माओवादी नेताहरुले पुनका गतिविधिलाई देखेको नदेख्यै गर्दै आउँदा अपराध कर्ममा उनको संलग्नता बढ्दै अहिलेको स्थिति आइलागेको हो ।

अस्कल क्याम्पसमा पढेका पुन विद्यार्थी नेताका रुपमा माओवादीमा सक्रिय थिए । उनी पक्राउ परे पनि विद्यार्थी संठनले कुनै प्रतिक्रिया दिएको छैन ।

जनयुद्धको ‘बाईप्रोडक्ट’

माओवादी नेताका छोराहरु धमाधम अपराधकर्ममा खुल्न थालेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीका छोरा अहिले थुनामा छन् ।

अर्का पूर्वमाओवादी नेता रामबहादुर थापा बादलका छोरा फरार रहेका छन् । त्यस्तै, माओवादीका शीर्ष नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पनि ९ किलो सुन तस्करी प्रकरणमा थुनामै छन् ।

अब थुनामा पर्नेमा माओवादी जनसेनाका कमाण्डरसमेत रहेका नन्दबहादुर पुन पासाङका छोरा दीपेशसमेत परेका छन् ।


पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिला सल्लाहकार जीवन गुरुङ

शुक्रबार नै सरकारी वकिल कार्यालयका तर्फबाट पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । गुरुङमाथि १३८ किलो सुन तस्करी गरेको आरोप छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले पूर्वउपराष्ट्रपति पुनले दहचोकमा बनाएको घरको स्रोतबारे समेत प्रश्न उठाएका छन् । पाँच रोपनी जग्गामा बनेको घरलाई आलिसान दरबारको संज्ञा दिदै कांग्रेस नेताहरुले त्यो घरको स्रोतबारे छानविन गरिनुपर्ने माग गरेका छन् ।

पूर्वउपराष्ट्रपतिका छोरा र सल्लाहकार समेत सहकारी र सुन ठगी प्रकरणमा तानिएपछि अब पूर्वउपराष्ट्रपति पुनको घरजग्गाबारे सम्पत्ति शुद्धीकरणले समेत ध्यान दिनुपर्ने अवस्था आएको कांग्रेस नेताहरुको भनाइ छ ।

यो पनि-

‘पूर्वउपराष्ट्रपति राज होइबक्सेको दरबारको स्रोत के हो ?’

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ६ : ५६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग