पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ, सांसदले खोजे सम्पत्तिको स्रोत « Khabarhub

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ, सांसदले खोजे सम्पत्तिको स्रोत


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

शुक्रबार साँझ प्रहरीले उनलाई धापासीबाट पक्राउ गरेकाे गृहमन्त्री रवि लामिछाने निकट श्राेतले खबरहबलाई जानकारी दिएकाे छ।

पुन माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीमा महासचिवसमेत हुन् ।

केही वर्षअघि अख्तियारका आयुक्त राजनारायण पाठकसँग घुसको डिल गरिएको भिडियो प्रकरणमा पनि दीपेश पुनको नाम मुछिएको थियो । तर, माओवादी नेताहरुले पुनका गतिविधिलाई देखेको नदेख्यै गर्दै आउँदा अपराध कर्ममा उनको संलग्नता बढ्दै अहिलेको स्थिति आइलागेको हो ।

अस्कल क्याम्पसमा पढेका पुन विद्यार्थी नेताका रुपमा माओवादीमा सक्रिय थिए । उनी पक्राउ परे पनि विद्यार्थी संठनले कुनै प्रतिक्रिया दिएको छैन ।

जनयुद्धको ‘बाईप्रोडक्ट’

माओवादी नेताका छोराहरु धमाधम अपराधकर्ममा खुल्न थालेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीका छोरा अहिले थुनामा छन् ।

अर्का पूर्वमाओवादी नेता रामबहादुर थापा बादलका छोरा फरार रहेका छन् । त्यस्तै, माओवादीका शीर्ष नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पनि ९ किलो सुन तस्करी प्रकरणमा थुनामै छन् ।

अब थुनामा पर्नेमा माओवादी जनसेनाका कमाण्डरसमेत रहेका नन्दबहादुर पुन पासाङका छोरा दीपेशसमेत परेका छन् ।


पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिला सल्लाहकार जीवन गुरुङ

शुक्रबार नै सरकारी वकिल कार्यालयका तर्फबाट पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । गुरुङमाथि १३८ किलो सुन तस्करी गरेको आरोप छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले पूर्वउपराष्ट्रपति पुनले दहचोकमा बनाएको घरको स्रोतबारे समेत प्रश्न उठाएका छन् । पाँच रोपनी जग्गामा बनेको घरलाई आलिसान दरबारको संज्ञा दिदै कांग्रेस नेताहरुले त्यो घरको स्रोतबारे छानविन गरिनुपर्ने माग गरेका छन् ।

पूर्वउपराष्ट्रपतिका छोरा र सल्लाहकार समेत सहकारी र सुन ठगी प्रकरणमा तानिएपछि अब पूर्वउपराष्ट्रपति पुनको घरजग्गाबारे सम्पत्ति शुद्धीकरणले समेत ध्यान दिनुपर्ने अवस्था आएको कांग्रेस नेताहरुको भनाइ छ ।

यो पनि-

‘पूर्वउपराष्ट्रपति राज होइबक्सेको दरबारको स्रोत के हो ?’

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ६ : ५६ बजे

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट