महिलाविरुद्धकाे भेदभाव उन्मूलनसम्बन्धी महासन्धि तीन दशकसम्म भएन कार्यान्वयन « Khabarhub

महिलाविरुद्धकाे भेदभाव उन्मूलनसम्बन्धी महासन्धि तीन दशकसम्म भएन कार्यान्वयन


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले २०४८ सालमै महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) अनुमोदन गरेको थियो । महासन्धि अनुमोदन भएको तीन दशक बितिसक्दा पनि कार्यान्वयन नभएकामा सांसदहरूले आपत्ति जनाएका छन् ।

महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको संयुक्त राष्ट्रसङ्घको सिड समितिमा नेपालका विषयसूची विषयक छलफल कार्यक्रममा राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले समान नागरिक, समान अधिकारका लागि अझै लडाइँ गर्नुपर्ने अवस्था रहेको बताए। कानुन बन्ने कार्यान्वयन नहुने, महासन्धि अनुमोदन गर्ने कार्यान्वयन गर्नेतर्फ ध्यान नदिँदा समस्या बढ्न थालेको उनको विचार छ ।

सांसद कमला पन्तले पीडक पहुँचवाला र पीडित निमुखा हुने भएकाले समान अधिकार कार्यान्वयनमा चुनौती खडा भएको बताए । सांसद विष्णुदेवी पुडासैनीले नागरिकता ऐनलाई कार्यविधिमा राखिएको प्रावधानले काटेर कार्यान्वयनमा समस्या भएको सुनाए ।

संविधानमा महिला र पुरुषले समान नागरिकतासम्बन्धी अधिकारको व्यवस्था भए पनि कार्यान्वयनमा समस्या आएको उनले बताए । सांसद भगवती न्यौपानेले सिड समितिमा झुटो प्रतिवेदन पठाउनेलाई कारबाही गरिनुपर्नेमा जोड दिए ।

मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले नेपालले महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि असहमति नराखी अनुमोदन गरेको तीन दशक बित्दासमेत कार्यान्वयन नभएर देशकै इज्जतमा धक्का लागेको बताए।

विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा अनुमोदन भएको महासन्धि अझै कार्यान्वयन नहुनु दुखद् भएको उनले सुनाए।

महासन्धिका निश्चित बुँदामा असहमति राखेर अनुमोदन गर्न सकिने जानकारी पनि कार्यक्रममा गराइएको थियो । भारत, पाकिस्तान र बङ्गलादेशले महासन्धिको धारा १६ मा असहमति राखेर अनुमोदन गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : १७ बजे

आईपीएल : रिंकु सिंह नायक बनेको खेलको सुपर ओभरमा कोलकाता विजयी

लखनउ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे– उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा ३१

आज कांग्रेसका बैठकै बैठक, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

सुकुम्बासी बस्ती : घरमा डोजर चल्यो, झरीले भिजायो जोगाएका लत्ताकपडा

काठमाडौँ – घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासीलाई झरीले झनै

लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा