‘पुजार सार्की’ : आर्यनको भिडियो लिक ? « Khabarhub

‘पुजार सार्की’ : आर्यनको भिडियो लिक ?


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘पुजार सार्की’मा आर्यन सिग्देलले निर्वाह गरेको चरित्र खुल्ने भिडियो सार्वजनिक भएको छ । २४ सेकेन्ड लामो सो भिडियोमा ढाका टोपी, सर्ट, रातो स्विटर र पेन्ट लगाएर उनी पञ्चे बाजाको तालमा नाचिरहेका छन् ।

फिल्म ‘मैत बहादुर’को भूमिका निर्वाह गरेका प्रदीप खड्का पनि उक्त भिडियोमा देखिएका छन् । उनी दमाह बजाइरहेका छन् ।

निर्माण पक्षले सुटिङका क्रममा कसैले भिडियो खिचेर सार्वजनिक गरेको हुनसक्ने आशंका गरेको छ । यद्यपि यस विषयलाई उनीहरूले सामान्य रूपमा लिएका छन् ।

फिल्मका निर्देशक दिनेश राउत खबरहबसँग भन्छन्, ‘हामीले योजना बनाएर पात्रको लुक्स सार्वजनिक गरेका छौं । भिडियो लिक भनेर हल्ला पनि भइरहेको छ । यसलाई ठूलो विषय बनाउन आवश्यक छैन । कानुनी प्रक्रियामा जानै पर्ने विषय पनि होइन यो ।’

पुजार सार्कीको टिम अहिले कास्की जिल्लामा छायांकनमा व्यस्त छ । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहले अन्जना बराइली र परीक्षा लिम्बूको  प्रमुख भूमिका रहेको निर्माण पक्षले जनाएको छ ।

जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षमा आधारित कथा फिल्म निर्माण हुने निर्माण पक्षले बताएको छ ।

विकास सुवेदीले लेखन रहेको यो फिल्ममा सुवास भुसालको लगानी रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ८ : ३२ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक