कस्तो कार्यक्रम ल्याउने, अलमलमा छु : जितु नेपाल « Khabarhub

कस्तो कार्यक्रम ल्याउने, अलमलमा छु : जितु नेपाल


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले प्रविधिको विकाससँगै टेलिभिजनको ‘क्रेज’ घटेकाले कस्ता कार्यक्रम निर्माण गर्ने भन्नेमा अलमलमा परेको बताएका छन् ।

काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गतको ‘सिनेमाका नयाँ बजार र अवसर’ अन्तरक्रिया कार्यक्रममा जितुले २९ वर्षको ‘करिअर’मा बजारमा कस्तो कार्यक्रम बिक्छ भन्ने ठम्याउन नसकेको अनुभव सुनाए ।

स्तरीय कन्टेन्ट राख्दा युट्युबमा नचल्ने र सस्ता कन्टेन्ट बनाउन प्रतिष्ठाले नदिएकाले थप अन्योल सिर्जना भएको उनको भनाइ छ ।

‘युट्युबमुखी कार्यक्रम गरौं, परिवारले पनि हेर्छन् । यो जितु नेपाल मात्तिएको, कस्तो कार्यक्रम बनाएको भन्लान् । युट्युबलाई फेरि त्यस्तै कन्टेन्ट चाहिन्छ । त्यस्तै हेर्ने दर्शक छन्,’ उननले भने, ‘टेलिभिजनमुखी बनाऔं भने चल्दैन । युट्युबमा दर्शक कम हुन्छन् फेरि, अनि यसको कार्यक्रम सक्कियो भनिहाल्छन् ।’

अबका कार्यक्रम आफ्नै युटुबमा

जितुले ‘मुन्द्रेको कमेडी क्लब’को पहिलो र तेस्रो सिजन अन्य युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । दोस्रो सिजन भने आफ्नै च्यानलबाट सार्वजनिक गरेका थिए ।

क्लबको तेस्रो सिजनले भने बाध्यताले ‘की एडर्भटाइज’ दिँदा अन्य युट्युब च्यानललाई बेचेको उनले जानकारी दिए । उनले भने, ‘कार्यक्रम सुरु हुँदा युट्युब च्यानल थिएन, केदारजीको च्यानलबाट सुरु गरेँ । दोस्रो आफ्नै च्यानलमा राखेँ । तेस्रो चाहिँ की एडभर्टाइजले माग्यो । उहाँहरुले नै सुरु गरेको कार्यक्रम माग्दा दिनुपर्ने मेरो बाध्यत पनि थियो । उहाँहरुले ओएसआरलाई बेच्नुभएछ ।’

विदेश भ्रमणका लागि दूतावासमा युट्युब च्यानलले बैंक ब्यालेन्सको जस्तै काम गर्ने अवस्था आएकाले कन्टेन्ट आफैँसँग राख्नुपर्ने महसुस भएको उनले अनुभव सुनाए ।

६०० भाग ‘जिरे खुर्सानी’ र १८४ भाग ‘मुन्द्रेको कमेडी क्लब’ गरिसकेपछि प्रशारण अधिकार अरुलाई दिए पनि डिजिटल राइट्स चाहिँ आफैँले राख्नुपर्ने ज्ञान आएको उनी बताउँछन् ।

साथै, उनले ‘जिरे खुर्सानी’ सामग्री आफूसँग नभएकोमा खिन्नता व्यक्त गरे ।

याे पनि…

 

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ८ : ४९ बजे

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को