चीनको अन्तरिक्ष स्टेसनद्वारा प्रारम्भिक परीक्षण पूरा « Khabarhub

चीनको अन्तरिक्ष स्टेसनद्वारा प्रारम्भिक परीक्षण पूरा


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

बेइजिङ । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा प्रारम्भिकरूपमा अतिरिक्त वाहन जोखिम परीक्षण पूरा गरेको छ ।

प्रयोगात्मक उपकरण र भौतिक नमूनाहरूको पहिलो ब्याचका साथ परिक्रमा गर्ने अन्तरिक्ष यानलाई सुरक्षितरूपमा पुनः प्राप्त गर्दै परीक्षण पूरा गरेको चिनियाँ विज्ञान एकेडेमीको राष्ट्रिय अन्तरिक्ष विज्ञान केन्द्रले शुक्रबार जानकारी दिएको छ ।

पृथ्वीमा रहेका वैज्ञानिकहरू र जहाजमा रहेको रोबोटिकको सहयोगमा प्रयोगात्मक उपकरण र नमूनाहरू अन्तरिक्ष स्टेसनको बाहिरी भागबाट स्टेसनको एयरलक मोड्युलमा राति नौ बजेर सारिएको थियो ।

परिक्रमा गर्ने टेकोनट दललाई पछि प्रयोगशाला मोड्युलमा सारियो । त्यहाँ उनीहरूले नमूनालाई अलग गरेर सङ्गृहीत गरे । केन्द्रले ती नमूनालाई सेनझोउ अन्तरिक्ष यानबाट पृथ्वीमा ल्याउने र थप अनुसन्धानका लागि वैज्ञानिकहरूलाई दिइने जनाएको छ ।

अतिरिक्त वाहन एक्स्पोजर प्रयोगात्मक उपकरण सन् २०२३ मार्च ८ मा प्रक्षेपण गरिएको थियो र एक वर्षदेखि यो कक्षमा रहेको छ । स्थापना गरिएको चार सयभन्दा बढी सामग्री नमूनाको पहिलो ब्याचलाई गैर–धातु र धातु सामग्रीमा विभाजन गरिएको थियो ।

केन्द्रका अनुसार सन् २०२४ मेमा परिक्रमा गर्ने टेकोनटले प्रयोगात्मक उपकरणहरूमा नमूनाको नयाँ ब्याच स्थापना गर्ने र अन्तरिक्ष एक्स्पोजर परीक्षणको नयाँ चरण सुरु गर्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ९ : ५४ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एजेन्सी– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा

गणेश नेपालीको मृत्युपछि सरकारविरुद्ध वीर अस्पतालमा आफन्तको नाराबाजी

काठमाडौं– यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै