आज २०८१ साल वैशाख ३ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख ३ गते सोमबारको राशिफल


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख ३ गते सोमबार तदनुसार सन् २०२४ अप्रिल १५ तारिख। चैत शुक्ल पक्षको सप्तमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : मेहनत गरेको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। धार्मिक यात्रा हुने योग छ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। साथीसँगको भेटले मन खुशी हुनेछ। श्रमको उचित मूल्यांकन हुने दिन छ।

मिथुन : जग्गा जमिन वा सुनको जोहो गर्ने दिन छ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शुभ कार्यमा सहभागी हुने अवसर जुट्नेछ।

कर्कट : खराब समय आएको छ। सामान हराउने जोखिम हुनसक्छ। कुरा काट्नेहरु धेरै छन्। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। साथीसँग सहकार्य गर्दा जोगिएर काम गर्नुपर्ने हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

सिंह : परिवारको साथ र सहयोग मिल्नेछ। स्वदेशमै लगानीका अवसर सिर्जना हुनेछन्। समय राम्रो भए पनि सफलताका लागि संघर्ष आवश्यक देखिन्छ। धन आर्जनको समय भए पनि मेहनतको आवश्यकता देखिन्छ।

कन्या : लामो समयदेखि गुमेको धन भेटिने छ। हराएको साथीसँग अचानक भेट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। मन खुशी हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

तुला : आर्थिक क्षेत्र सबल बन्नेछ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। रमाइलो यात्राको योग रहेको छ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : तपाईंको श्रमबाट फाइदा लिनेहरु रमाउने देखिन्छ। बोलीमा नम्रता र व्यवहारमा लचकता आवश्यक छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदै हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : मेहनत गरेको क्षेत्रमा काम बन्नेछ। तपाईंको मिठो बोली नै उपयोगी बन्नेछ। धर्मममा मन जानेछ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ।

मकर : राम्रो खबर सुन्न पाइने योग छ। वित्तीय संस्थासँगको कारोबार राम्रो हुनेछ। व्यापारबाट उल्लेखनीय उपलब्धि नहुनसक्छ। परिवारको सल्लाह लिएर मात्र काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कुम्भ : आकस्मिक लाभको योग छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहने योग छ। सोचेको काम बन्नेछ।

मीन : आम्दानी भन्दा खर्च बढ्ने योग छ। नयाँ साथीसँग भेट हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी नै उत्साहजनक हुनेछ। परिवारमा कुरा बुझाबुझ नहुँदा खटपट हुनसक्छ। दुर्घटनाको जोखिम रहेकाले यात्रामा सचेत हुनु राम्रो हुनेछ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ५ : २३ बजे

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुम्बासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल