विश्वदीपले छाडे बाबुरामको साथ « Khabarhub

विश्वदीपले छाडे बाबुरामको साथ


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भुमिगतकालदेखि नै डा‍‍‍. बाबुराम भट्टराईलाई स्वकीय सचिवका रुपमा साथ दिँदै आएका विश्वदीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

लामो समय बाबुराम भट्टराईका दुःख–सुखमा साथ दिँदै आएका पाण्डे माओवादी अध्यक्ष प्रचण्डसँग हात मिलाएर माओवादीमा फर्केका हुन् ।

रुपन्देही निवासी पाण्डे किशोरावस्थादेखि नै माओवादी आन्दोलनमा लागेका थिए । विश्वदीपका पिता भक्ति पाण्डेले डा। बाबुरामसँग छोराको चिनजान गराइदिएका थिए । माओवादी जनयुद्धका बेला जोखिपूर्ण सवारी चलाएर साथ दिएका भक्तिको निधन भइसकेको छ ।

बाबुरामसँगको लामो सहकार्य छाडेर माओवादीमा फर्कने क्रममा विश्वदीप पाण्डेले डा. भट्टराईको नाम नलिइकन सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका छन्–

केही वर्षको उतारचढाव, आफ्नै प्रकारका भोगाई र अनुभूतिसँगै म नेकपा माओवादी केन्द्रमै फर्किएको छु । माओवादी पार्टी र अध्यक्ष कमरेड प्रचण्डसँगको सहकार्य मेरा लागि कुनै नयाँ कुरा हैन । यहाँ मेरा लागि पहिलेकै जस्तो प्रेम, स्नेह र सद्भाव छ भन्ने पूर्ण विश्वास छ ।

सुशासन, समृद्दि, सामाजिक न्याय र समाजवादको यात्रा टुटेर, फुटेर अथवा छुट्टाछुट्टै हिँडेर पूरा गर्न नसकिने रहेछ । आज देशलाई वामपन्थी शक्तिबीच नयाँ स्तरको एकता र सहकार्य चाहिएको छ । अझ हिजोका क्रान्तिकारी शक्तिहरु सबै प्रकारका पूर्वाग्रहबाट माथि उठेर एकताबद्व हुनु झनै आवस्यक छ ।

यो क्षण म केही भावुक पनि भएको छु । कतिपय पुराना र पेचिला स्मरण जीवन्त भएर आएका छन् । यो पार्टी र आन्दोलनको निर्माणमा मेरो बुबाको सम्पूर्ण जीवन नै समर्पित भयो । म आफूले यसमा सक्दो भूमिका र योगदान गरेँ ।

कतिपय राजनीतिक घटनाक्रमको जटिलताले हामी केही टाढा÷नजिक भयौं होला तर, भविष्यका नयाँ चुनौती पूरा गर्न यो पार्टी र आन्दोलनलाई नयाँ स्तर र उचाईमा उठाउन योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर फेरि यात्रामा लामवद्ध भएको छु ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ११ : ०७ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल