एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित « Khabarhub

एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

सिमकोट– नेकपा एमाले हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । 

अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत रहेका थिए ।  बुमीले १२४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी रावतले ११९ मत प्राप्त गरेका थिए ।

उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ । उपाध्यक्षमा प्रकाशबहादुर शाहीले १६२ मत ल्याएर विजयी भए भने सचिवमा तीर्थराज बोहराले १३१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । 

त्यसैगरी खुला उपसचिवमा प्रदीप लामाले १३३ मत तथा महिला उपसचिवमा मञ्जु रावलले १३४ मत प्राप्त गर्दै जित हासिल गरेकी छन् । 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १२ : १८ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित