चीनको अर्थतन्त्र संकटमा « Khabarhub

चीनको अर्थतन्त्र संकटमा


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धेरै दशकदेखि विश्व अर्थतन्त्रको इन्जिन रहेको चीनको अर्थतन्त्र संकटमा पर्न थालेको छ । चीनको अर्थतन्त्र धेरै मोर्चामा संघर्ष गरिरहेको छ । अहिले फिचले पनि चीनको क्रेडिट रेटिङ घटाएको छ ।

चीनले धेरै आर्थिक चुनौतीको सामना गरिरहेको र आर्थिक अवस्थासम्बन्धी जोखिम निरन्तर बढिरहेको फिचको भनाइ छ । फिचले चीनको दृष्टिकोणलाई स्थिरबाट नकारात्मकमा परिवर्तन गरेको छ। जसका कारण चीनको कर्जा योग्यता घट्ने सम्भावना पनि बढेको छ। यद्यपि, फिचले अझै पनि ‘ए प्लस’मा चीनको सार्वभौम बन्डको रेटिङ कायम राखेको छ।

चीन लामो समयदेखि रियल इस्टेट संकटसँग लडिरहेको छ । जसले सम्पूर्ण अर्थतन्त्र ध्वस्त हुने खतरा उत्पन्न गरिरहेको छ ।

फिचले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘क्रेडिट रेटिङमा परिवर्तनले चीनको पब्लिक फाइनान्स आउटलुकमा जोखिम बढ्दै गएको झल्काउँछ । चीन प्रपर्टीमा निर्भर वृद्धिबाट दिगो विकासको मोडलतर्फ उन्मुख भइरहँदा अर्थतन्त्रको भविष्यबारे अनिश्चितता छ।’

चीन सरकारले घर–जग्गामाथिको निर्भरता घटाउन अन्य क्षेत्रहरुमा ध्यान केन्द्रित गरिरहेको छ। चीनको कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत अचल सम्पत्तिले ओगटेको छ । तर, पछिल्ला केही वर्षदेखि यो गहिरो संकटमा छ र यसले देशको समग्र अर्थतन्त्र नै धरासायी हुने सम्भावना छ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : ५४ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित