चैतमा साढे २ अर्बले घट्यो सार्वजनिक ऋण  « Khabarhub

चैतमा साढे २ अर्बले घट्यो सार्वजनिक ऋण 


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को चैत महिनामा नेपालको सार्वजनिक ऋण घटेको छ । फागुन महिनाको तुलनामा चैतमा २ अर्ब ४७ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको हो । 

कार्यालयले प्रकाशन गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड पुगेको छ । फागुन मसान्तसम्म भने सो ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रहेको थियो । 

कार्यालयका अनुसार ०८० असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो र चैत मसान्तसम्म आइपुग्दा सावाँ ब्याज घटाएर ८६ अर्ब ४४ करोड ऋण थपिँदा २३ खर्ब ८५ अर्ब ७९ करोड पुगेको हो । जसमा आन्तरिक ऋण ११ खर्ब ७९ अर्ब ४८ करोड र बाह्य ऋण १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

तथ्यांकअनुसार चैत मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्यतर्फ २६ अर्ब ४६ करोड रुपैयाँ सावाँ र ५६ अर्ब ६५ करोड ७२ लाख ब्याज भुक्तानी गरेको छ । त्यस्तै चैत महिनामा मात्रै सरकारले १७ अर्ब ३४ करोडको ऋण प्राप्ति गरेको छ ।

चैत महिनामा प्राप्ति गर्ने ऋणको तुलनामा भुक्तानी गर्ने ऋणको सावाँ ९ अर्ब ११ करोड रुपैयाँले बढी रहेको तथ्यांकले देखाएको छ । कार्यालयका अनुसार चैतमा १२ अर्ब ६९ करोड आन्तरिक ऋण प्राप्ति गरेको छ भने सो समयमा २२ अर्ब ६५ करोड रुपैयाँ आन्तरिक सावाँ भुक्तानी गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : ५६ बजे

भावी राजनीतिक आधार, डेमोक्रेटिक–कन्जरभेटिभ धार 

आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ

वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

बागमती– बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम

नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

कञ्चनपुर– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका

खालिदाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय

चिसोमा चटाइ र घूरको भर

महोत्तरी– बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको