नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’ (तस्बिरहरु) « Khabarhub

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’ (तस्बिरहरु)


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रू भएको छ । 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रू गरेका हुन् ।

सुरुङको ब्रेक थ्रुका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालका साथै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ लगायतको उपस्थिति थियो ।

काठमाडौंको चन्द्रागिरि, बलम्बूबाट धादिङको सिस्नेखोला निस्कने यो सुरुङमार्गको लम्बाइ २ हजार ६६७ मिटर छ । आयोजनाको आपतकालीन सुरुङ गत साउनमै बनिसकेको थियो ।

मुख्य सुरुङ खन्ने काम छिचोलिए पनि गाडी चलाउनका लागि भने अझै एक वर्ष कुर्नुपर्ने छ ।

सुरुङभित्रको सडक ढलानका साथै बत्ती र अक्सिजन पाइप जडानको काम काम बाँकी छ । सम्झौताअनुसार सुरुङ मार्गको निर्माण अघिल्लो वैशाखमै सकिनुपर्ने थियो ।

काठमाडौं भित्रिने सवारी साधनको जाम कम गर्न र दुरी घटाउन बनाइएको यो सुरुङमार्गमा तीनवटा अन्डरपास छन् । त्यसैगरी, चारवटा बक्स कल्भर्ट र एउटा ओभरपास पनि छन् ।

राजमार्गको काठमाडौं–धादिङ खण्डलाई जोड्ने यो मार्गमा तीनवटा पुल र एउटा फ्लाइओभर रहने नागढुंगा–सिस्नेरी सुरुङमार्ग आयोजना कार्यालयको भनाइ छ ।

यो पनि-

नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी

थप तस्बिर

 

 

 

तस्बिर : नेपाल फोटो लाईब्रेरी 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  २ : ४३ बजे

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ