नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी | Khabarhub Khabarhub

नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सुरुङ निर्माण गरिरहेको चिनियाँ कम्पनीले विश्व कीर्तिमान बनाएको चीनले दाबी गरेको छ । 

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा विश्व कीर्तिमान बनाएको भन्दै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आफ्नो देशको कम्पनीलाई बधाइ दिएका छन् ।

‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) लाई नेपालमा दुई नयाँ विश्व कीर्तिमान बनाएकोमा बधाइ छ’ राजदूत सोङले भनेका छन ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको प्रगति मासिक १ हजार ५०३.३ मिटर नाघेको उनको भनाइ छ । चीनको यही कोभेक कम्पनीले २०२३ मा मासिक १ हजार २२४.१३ मिटरको विश्व कीर्तिमान बनाएको थियो । यो चिनियाँ कम्पनीले सुरुङ खन्ने कार्यमा दैनिक ७२.६८ मिटरको विश्व रेकर्ड बनाएको थियो ।

चिनियाँ कम्पनी कोभेकले ०७९ असोजदेखि सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न थालेको हो । सुरुङको कुल लम्बाइ १३ किलोमिटर हुनेछ ।

सुनकोशी नदीको पानी बागमतीको सहायक खोला मरिनमा खसालेर बारा, रौतहट, महोत्तरी र सर्लाहीमा सिँचाइ गर्ने सरकारको योजना छ । यामे आयोजनाबाट तराईको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने अनुमान गरिएको छ । 

यो आयोजनाबाट सिँचाइका साथै सुनकोशीको पानी मरिनमा झारेर करिब ४० मेगावाट बिजुलीसमेत निकाल्ने उद्देश्य छ ।

आयोजनाका अनुसार अहिले १२ किलोमिटर सुरुङ बनिसकेको छ । अब चाँडै ब्रेक थ्रु गर्ने तयारी भइरहेको यो परियोजना राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  २ : २४ बजे

नेपाल–चीन सम्बन्ध झनै मजबुत : प्रधानसेनापति

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो

मेची भन्सार कार्यालयबाट १४ अर्ब २३ करोड राजश्व सङ्कलन

झापा– पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा २० अर्ब

बंगलादेशबाट १२ सय विद्यार्थी नेपाल फर्किए : परराष्ट्र

काठमाडौँ– बंगलादेशमा बढेको हिंसात्मक प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम

उद्योगको लाइन जोड्न कुलमानलाई दबाव, उर्जामन्त्रीले बोलाए बोर्डको बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदबाटै नेपाल विद्युत प्राधिकरणका

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौँ– पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको