राष्ट्रिय शक्तिबीच एकता आवश्यक : ओली « Khabarhub

राष्ट्रिय शक्तिबीच एकता आवश्यक : ओली


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ लैजान राष्ट्रिय शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको सो पार्टीको संसदीय दलको बैठकमा उनले राष्ट्रिय शक्ति मिलेर मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ अगाडि लैजानुपर्नेमा जोड दिए। उनले उपयुक्त समयमा वामपन्थी एकता हुने तर पार्टीलाई हानी पुर्‍याउनेहरुसँग भने एकता नहुने स्पष्ट पारे । 

अध्यक्ष ओलीले अहिले आफूले वामपन्थी शक्तिहरूलाई जुटाउने मात्र काम गरेको तर केही स्वार्थी तत्त्वले सधैँ आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताए।

अध्यक्ष ओलीले संसदीय समितिमा पार्टीको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष ओलीले समितिमा कुनै विषयमा कहिलेकाहीँ स्वार्थ समूहले प्रभावित गर्ने भएकाले त्यस्ता स्वार्थ समूहका हित हावी भएर राष्ट्रिय हित कमजोर बनाउन नहुने धारणा समेत राखे। उनले सही दिशामा राजनीतिक फर्कदै गरेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा देखिएको विवादले केही प्रभाव नपार्ने बताए। 

उनले समृद्ध नेपाल र सुखी नेपाली लक्ष्य पूरा गर्न समाजवाद आवश्यक रहेको बताए। उनले एमालेका लागि शक्तिको खेलमा लाग्नुभन्दा मुलुकको राष्ट्रिय हितमा काम गर्नु अहिलेको आवश्यकता भएको बताए। 

अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख उद्देश्य भएको भन्दै सोहीअनुसार पार्टीलाई अगाडि बढाउने बताए। उनले पार्टीका सांसदलाई धेरै विदेश भ्रमण नगर्न सुझाव दिँदै सांसदलाई गल्ती र ठगीबाट जोगिने आग्रह गरे। उनले आगामी आर्थिक वर्षको बजेटका लागि आवश्यक सुझाव पेस गर्न पनि सांसदहरूलाई निर्देशन दिए।

अध्यक्ष ओलीले सांसदको काम कानून निर्माण रहेको भन्दै सांसदलाई जथाभावी प्रस्तुत नहुन र पूरा हुन नसक्ने खालका विकास निर्माणका काममा प्रतिबद्धता नजनाउन पनि सुझाव दिए।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ३ : १४ बजे

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु

नेपालगन्ज– बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा