१६ अंकले घट्यो शेयर बजार, १८५ कम्पनीको शेयरमूल्यमा गिरावट  | Khabarhub Khabarhub

१६ अंकले घट्यो शेयर बजार, १८५ कम्पनीको शेयरमूल्यमा गिरावट 


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । आइतबार सामान्य अंकले घटेको शेयर बजार सोमबार भने १६ दशमलव ८२ अंकले घटेको छ ।

 २०८१ सालको पहिलो कारोबारको दिन नै घटेको शेयर बजारले आज पनि निरन्तरता पाएको हो । नेप्से परिसूचक शून्य दशमलव ८३ प्रतिशतले घटेर २००६ दशमलव ५२ को बिन्दुमा रोकिएको छ । आज ३ सय १४ कम्पनीका ५ हजार ५ सय २४ कारोबारबाट ७२ लाख २३ हजार ७ सय ७२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ पुगेको छ । 

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७ करोड ७० लाख र सानिमा माई हाइड्रोपावर कम्पनीको ६ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै माछापुच्छ्रे डिबेन्चर २०८७ का इकाईधनीले कमाएका छन् । मेन्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् भने मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाउन सफल भएका छन् ।

आजको कारोबारमा सबैभन्दा धेरै गुमाउनेमा गुराँस लघुवित्तका लगानीकर्ताहरू रहे । आज सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले पनि १० प्रतिशतका दरले गुमाएका छन् । आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ३ : २३ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त