१६ अंकले घट्यो शेयर बजार, १८५ कम्पनीको शेयरमूल्यमा गिरावट  « Khabarhub

१६ अंकले घट्यो शेयर बजार, १८५ कम्पनीको शेयरमूल्यमा गिरावट 


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । आइतबार सामान्य अंकले घटेको शेयर बजार सोमबार भने १६ दशमलव ८२ अंकले घटेको छ ।

 २०८१ सालको पहिलो कारोबारको दिन नै घटेको शेयर बजारले आज पनि निरन्तरता पाएको हो । नेप्से परिसूचक शून्य दशमलव ८३ प्रतिशतले घटेर २००६ दशमलव ५२ को बिन्दुमा रोकिएको छ । आज ३ सय १४ कम्पनीका ५ हजार ५ सय २४ कारोबारबाट ७२ लाख २३ हजार ७ सय ७२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ पुगेको छ । 

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७ करोड ७० लाख र सानिमा माई हाइड्रोपावर कम्पनीको ६ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै माछापुच्छ्रे डिबेन्चर २०८७ का इकाईधनीले कमाएका छन् । मेन्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् भने मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाउन सफल भएका छन् ।

आजको कारोबारमा सबैभन्दा धेरै गुमाउनेमा गुराँस लघुवित्तका लगानीकर्ताहरू रहे । आज सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले पनि १० प्रतिशतका दरले गुमाएका छन् । आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ३ : २३ बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक