‘स्थानीय र प्रदेश सरकारलाई सबल र सुदृढ बनाउन आवश्यक’ « Khabarhub

‘स्थानीय र प्रदेश सरकारलाई सबल र सुदृढ बनाउन आवश्यक’


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय र प्रदेश सरकारलाई सबल र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा स्थानीय तहलाई बलियो बनाउने कुरामा आफू सधैँ दृढ रहेको बताए। 

मुख्यमन्त्री अधिकारीले भने, ‘स्थानीय तहलाई सबल र सुदृढ बनाउँदै प्रदेशलाई नजिकको सरकार बनाउने र सङ्घ सरकार मूल आयोजनामा केन्द्रित हुने अठोट र संकल्प विस्तारै कार्यान्वयन हुँदै गएको छ ।’

मुख्यमन्त्री अधिकारीले भाषणमा भन्दा काममा विश्वास गर्ने भएकाले गर्न सकिने कुरामात्रै बोल्ने बताए। उनले भने, ‘जति सकिन्छ त्यति गर्ने हो । मुखले बोलेर मात्र हुँदैन । जति काम गर्न सक्छौँ, इमानदारीपूर्वक गर्छौँ ।’

पूर्वमन्त्री एवं तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले म्याग्देको विकासका लागि धेरै काम भएको बताउँदै यस क्षेत्रको थप विकासका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउने बताए। म्याग्देमा चक्रपथ निर्माण गर्ने योजना परोस् भन्ने सुझाव प्राप्त भएकाले सङ्घ सरकारबाट पहल गरिने भण्डारीले प्रतिबद्धता जनाए । 

जनताको आवश्यकता र मागलाई हेरेर स्थानीय र प्रदेश सरकारले बजेट बनाउनुपर्नेमा उनको जोड थियो । भण्डारीले निर्माणाधीन पृथ्वीराजमार्गको ढिलाइले जनताले सास्ती भोग्नुपरेको बताउँदै राजमार्ग छिटो सम्पन्न गराउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराइरहेको भण्डारीले बताए । 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ३ : ३९ बजे

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर