हङकङलाई हराउँदै नेपालको लगातार तेस्रो जित  « Khabarhub

हङकङलाई हराउँदै नेपालको लगातार तेस्रो जित 


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि आसिफ सेखले सर्वाधिक ४० रन बनाएका थिए भने कुशल भुर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २५ र सन्दीप जोराले अविजित १९ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ ।

हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले एक विकेट लिएका थिए ।

यो जितपछि समुह ए मा नेपालको ३ खेलमा ६ अंक भएको छ र नेपाल शीर्ष स्थानमा रहेको छ । साथै नेपालको सेमिफाइनलको यात्रा पनि निश्चित गरेको छ । नेपालले अब समुह चरणमा आफ्नो अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।

त्यसैगरी हङकङको भने यो प्रतियोगितामा दोस्रो हार हो । ३ खेलमा एक जित र २ हार बेहोरेको हङकङको सेमिफाइनल यात्रा अब कठिन भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ३ : ४८ बजे

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८