कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश « Khabarhub

कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष  कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश भएको छ ।

संघीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टताहरू हटाउन तथा तीन तहको अधिकारमा स्पष्टता ल्याउन विद्यमान कार्यविस्तृतीकरण परिमार्जनका लागि गठित कार्यविस्तृतीकरण परिमार्जन सिफारिस  समितिका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले प्रतिवेदन तयारी सम्बन्धमा संक्षिप्‍त जानकारीसहित प्रधानमन्त्री समक्ष प्रतिवेदन पेश गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज  आयोजित उक्त कार्यक्रममा  नेपाल सरकार मुख्य सचिव, कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक  तथा सदस्यका साथै विषयगत समितिका पदाधिकारीको उपस्थिति थियो ।

प्रतिवेदन ग्रहण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिवेदनमाथि यथाशीघ्र उच्चस्तरीय समितिमा थप छलफल गरी राष्ट्रिय समन्वय परिषद्बाट निष्कर्षमा पुर्‍याउन निर्देशन दिए। 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ४ : २८ बजे

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु

नेपालगन्ज– बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा