‘नियमावली संशोधन हुँदा अधिकांश न्यायाधीश चिन्तामा’ « Khabarhub

‘नियमावली संशोधन हुँदा अधिकांश न्यायाधीश चिन्तामा’


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) का कारण अधिकांश न्यायाधीश चिन्तामा परेको बताएका छन्  ।

बारमा आज आयोजित पत्रकार सम्मेलनमा उनले  उक्त नियमावली संशोधनपछि ९० प्रतिशत न्यायाधीश चिन्तामा परेको भन्दै बार चुप लागेर बस्ने अवस्था नभएको उल्लेख गरे। 

बारले सर्वोच्च अदालतका न्यायाधीशको कार्यकाल सातवर्षको रहने गरी व्यवस्था गर्नुपर्ने, न्यायपालिकामा हुनसक्ने विसङ्गति, अनियमितता र भ्रष्टाचार एवम् विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामसम्बन्धी हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

साथै, अन्य प्रतिवेदन कार्यान्वयनका लागि न्यायपालिकाको पुनर्संरचनालगायतका विषयमा आगामी राष्ट्रिय सम्मेलनमा प्रस्ताव लागि छलफल गरी निर्णय गर्ने उद्देश्यका लागि बरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा नौ सदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरी कार्य प्रारम्भ गरेको जनाइएको छ ।

उक्त समितिको सदस्यमा बरिष्ठ अधिवक्ताहरूमा मुक्ति प्रधान, सविता भण्डारी बराल, डा चन्द्रकान्त ज्ञवाली, रमेश वडाल, अधिवक्ताहरू खम्मबहादुर खाती, पंकज कर्ण, अधिवक्ता दीपेन्द्र झा र यज्ञमणि न्यौपाने रहेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ४ : ४२ बजे

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि अशान्त रहेको