बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो « Khabarhub

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

बलेवाडोकोभरि स्याउला बोकेर जंगल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन् । कुनै समय गोठमुनि खात लाग्ने मलखाद स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ । 

नजिकैको जङ्गलबाट झरेर आउने स्याउला कसैले टिप्दैनन् । गाउँघरमा पशुचौपाया पाल्नेको सङ्ख्या घट्दै जाँदा बाँझो बारीको घाँस सुकेको छ । चैत-वैशाखकको घामले सुकेका स्याउला, झाडी र घाँसकै कारण आगलागीका घटना बढिरहेका छन् ।

यो वर्षको सुक्खायाम सुरु भएपछि बागलुङका वनक्षेत्रमध्ये ५० प्रतिशतमा आगलागी भइसकेको छ । पाखोबारी, घरछेउका जङ्गल र झाडीबाट सुरु भएको आगो घना वनक्षेत्रसम्म फैलिएका घटना डिभिजन वन कार्यालयमा सूचीकृत छन् । आगलागी हुने प्राकृतिक विपत्ति हो तर आगलागी भइसकेपछि नियन्त्रणमा लिने जनशक्ति गाउँघरमा छैनन् ।

पातपतिङ्गरको उपयोग बढाउने, समयसमयमा झाडी फँडानी गर्ने र पानीका स्रोत बढाउने हो भने आगलागीका घटनामा कमी आउनेमा सामुदायिक वनका उपभोक्ता सहमत छन् । 

कतिपय आगो मानवीय क्रियाकलापमा हुने त्रुटिबाट डढेलो बन्छ भने कतिपय ठाउँमा नियतबस आगो लगाइन्छ । नियतबस आगो लगाउनेलाई कारबाही गर्ने कानूनी व्यवस्था भए पनि सूचनाको अभावमा आगलागी जस्तो आपराधिक घटनामा संलग्न कानुनको दायरामा नआउने प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए।

घाँस राम्रो पलाउने, जङ्गली जनावर तथा पन्छीहरूको सहजै सिकार गर्न पाइने लोभका कारण मानव सिर्जित आगलागी बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार, जलवायु उत्थानशील आयोजना पोखराका अधिकृत सुनिल सापकोटाले बताए । पश्चिमाहरूको सिको गरेर झाडीमा आगो लगाउँदा वन मासिएको उनको भनाइ छ ।

वनजङ्गल, जडीबुटी र वातावरण संरक्षणका विषयमा जनचेतनाको अभावले आगलागीका घटना बढेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

पोखरी, कुवालगायत पानीका स्रोत मासिनु, झाडी तथा बुट्यान क्षेत्र बढ्नु र मानिसमा चेतनाको अभाव हुनुलगायत कारणले प्रत्येक वर्ष घटना दोहोरिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालले बताए। उनका अनुसार जिल्लामा ढोरपाटन शिकार आरक्ष, तीन राष्ट्रिय वन क्षेत्र र पाँच सय ४० सामुदायिक वन तथा दुई वटा निजी वन छन्भने कयौँ हेक्टरमा सूचीकृत भइनसकेको निजी वन क्षेत्र छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ५ : २५ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले