सन् २०२१ को काबुल आक्रमण रोक्न सकिने अवस्था थिएन : अमेरिका | Khabarhub Khabarhub

सन् २०२१ को काबुल आक्रमण रोक्न सकिने अवस्था थिएन : अमेरिका


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन । सन् २०२१ मा काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जना अमेरिकी सैनिकसहित सयौँको मृत्यु भएको घटनालाई ‘सामरिक तहमा’ रोक्न नसकिने अमेरिकी समीक्षाको निष्कर्षले देखाएको छ ।

सन् २०२१ को अगष्ट २६ मा एबे गेटमा भएको बम विष्फोटको विषयमा अमेरिकाले गरेको अनुसन्धानको निष्कर्षलाई पुनरावलोकनले पुष्टि गरेको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको अन्तिम दिनमा तालिवानले सत्ता कब्जा गरेपछि काबुल विमानस्थलको परिधिमा रहेका मानिसहरूको भीडलाई लक्षित गरी आक्रमण गरिएको थियो । आक्रमणमा १७० भन्दा बढीको मृत्यु भएको थियो ।

“हमलाअघि बम आक्रमणकारीलाई नियन्त्रण गर्ने वा रोक्ने कुनै सम्भावना थिएन,” समीक्षा टोलीका एक सदस्यले नाम नबताउने शर्तमा पत्रकारहरूसँगको कुराकानीमा बताए । ‘आक्रमण हुनुभन्दा केही समयअघि’ आक्रमणकारी आएको र स्नाइपरहरूले पहिचान गरेको ‘शंकास्पद व्यक्ति’ नभएको पुनरावलोकन टोलीका सदस्यले बताएका छन् ।

पुनरावलोकन टोलीका अर्का एक सदस्यले भने, “विगत दुई वर्षमा घटनाबारे व्यक्त भएका दृष्टिकोणमा केही सैनिक सदस्यले उक्त हमला एकाएक भएको र आक्रमण रोक्न सकिने अवस्था नै नरहेको बताएका थिए । अहिले यो दावी सही थिएनजस्तो लाग्न सक्छ तर वास्तविकता यही नै थियो ।”

यो निष्कर्ष सामुद्रिकमामिला हेर्ने पूर्व सर्जेन्ट टायलर भार्गास–एन्ड्रयुजको विवरणसँग मेल खाँदैन, उनी बम विस्फोटमा घाइते भएका थिए र यसलाई रोक्ने अवसर गुमाएको बताएका थिए ।भार्गास–एन्ड्रुजको वक्तव्यमा यसअघि अघोषित जानकारी फेला परेको र आक्रमणपछि अन्य घाइते सैनिकको उद्धारका कारण अन्तर्वार्ता नलिएकाले गत वर्ष पूरक समीक्षा सुरु गरिएको अमेरिकी सेन्ट्रल कमान्डले त्यतिबेला बताएको थियो ।

एबे गेटमा भएको बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट जिहादी समूहले लिएको थियो र ह्वाइट हाउसले गत वर्ष तालिबानले आक्रमणका मुख्य योजनाकारलाई मारेको बताएको थियो ।अमेरिकी सेना फिर्ता भएपछि तालिवान लडाकुहरूले गरेको आक्रमणलाई अफगान सेनाले रोक्न खोजे पनि सशक्त र सशस्त्र आक्रमणको सामना गर्ने कुरा असाध्य बनेको थियो ।

आक्रमण अघि र पछि गरी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख २० हजारभन्दा बढी मानिस देशबाट पलायन बनेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो समयदेखि अमेरिकी सेनाले अफगानिस्तान छोड्ने निर्णयको बचाउ गर्दै आउनुभएको छ र यसलाई आलोचकहरूले अफगान सेनाको विनाशकारी पतनको कारण बनाउन मद्दत गरेको बताएका छन् ।

यसले तालिवानको पहिलो सरकार अपदस्थ गरेको दुई दशकपछि तालिबानलाई सत्तामा फर्कने बाटो खुलेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ८ : ३५ बजे

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक

सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री प्रति नेप्सेको चासो 

काठमाडौ– सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री आएकोमा नेपाल

विद्यालाई रोक्न एमालेको हरसम्भव प्रयास, विराटनगरको कार्यक्रममा नजान जारी गरियो उर्दी

विराटनगर– पूर्उराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका कुनै पनि गतिविधिमा संलग्न हुन