सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री प्रति नेप्सेको चासो  « Khabarhub

सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री प्रति नेप्सेको चासो 


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री आएकोमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चासो देखाएको छ । नेप्सेले एक विज्ञप्ति जारी गर्दै चासो देखाएको हो । 

नेप्सेको नाममा सामाजिक सञ्जालहरूमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियो/अडियो लगायतका झुटा दाबीहरू देखिन थालेको र यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पर्ने नेप्सेको भनाई थियो । 

‘नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा विक्री गर्ने मूल्य नतोक्ने प्रष्ट पार्न चाहन्छौँ त्यस किसिमका सामग्री नितान्त भ्रामक र अनधिकृत हुन्’, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 
नेप्सेले सूचना/प्रेस नोट नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट प्रकाशित गर्ने भएकाले नेप्सेको नाम अनधिकृत प्रयोग गर्ने, नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर वेबसाइट चलाउने एप बनाउने, च्याट ग्रुप बनाउने लगायतका कार्य दण्डनीय अपराध हुने नेप्सेले बताएको छ । 

हल्ला, उक्साहट, अनधिकृत घ्याट–ग्रुप, क्लबहाउस, टेलिग्राम लगायतका आधारमा कारोबार नगर्न नेप्सेले आग्रह गरेको छ । 

नेप्सेको नाम, लोगो, भवनको तस्बिर प्रयोग गरेर एप पेज, समूह बनाइएका माध्यमहरूमा व्यक्तिगत विवरण नदिनुहोस् कसैलाई पनि आफ्नो पासवर्ड नदिन समेत नेप्सेले आग्रह गरेको छ ।  ।

शङ्कास्पद सामग्री देखिएमा स्क्रिनसट लिङ्क सहित नेप्सेको इमेल मार्फत जानकारी दिन नेप्सेले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : ५३ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने