रक्षामन्त्रीद्वारा निर्माणाधीन द्रुतमार्ग निरीक्षण « Khabarhub

रक्षामन्त्रीद्वारा निर्माणाधीन द्रुतमार्ग निरीक्षण


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौं–तराई÷मधेस द्रुत मार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।

त्यस क्रममा महादेवटार, धेत्रे, लेनडाँडा र निजगढ इलाकामा निर्माणाधीन सुरुङ, सडक तथा पुलको निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रक्षामन्त्रीसहितको निरीक्षण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनाली, पूर्वाधार विकास समितिका सदस्य राजकुमार गुप्ता सहभागी थिए ।

टोलीमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य कृष्णकुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथीलगायत सहभागी रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : ३४ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर