लखनउमाथि दिल्लीको जित : कस्तो छ प्लेअफको गणितीय सम्भावना ? « Khabarhub

लखनउमाथि दिल्लीको जित : कस्तो छ प्लेअफको गणितीय सम्भावना ?


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्ल्सले लखनउ सुपर जायन्ट्समाथि १९ रनको जित निकालेको छ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको दिल्लीले चार विकेट गुमाउँदै २०८ रन बनाएको थियो। दिल्लीका लागि अभिषेक पोरेल र ट्रिस्टन स्टब्सले अर्धशतक बनाए। अभिषेकले ३३ बलमा ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाउँदा स्टब्सले नटआउट २५ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५७ रन जोडे। शाही होपले ३८ रन बनाउँदा कप्तान ऋषभ पन्तले ३३ रन जोडे भने अक्षर पट्टेल नटआउट १४ रनमा समेटिए।

 

लखनउका लागि नवीन उल हकले दुई विकेट हात पार्दा अरशद खान र रवि बिश्नोईले समान एकएक विकेट लिए।

सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्याएको लखनउका लागि निकोलस पुरन र अरशद खानले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। पुरनले २७ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ६१ रन बनाए भने खानले ३३ बलमा ३ चौका र ५ छक्काको मद्दतमा नटआउट ५८ रन बनाए।

उसका लागि क्रुनाल पाण्डेयाले १८, युधवीर सिंह १४, क्विन्टन डी ककले १२ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। कप्तान केएल राहुल र मार्कस स्टोनिस समान ५–५ रन बनाएर आउट हुँदा लखनउ पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८९ रनमा समेटिएको हो।

लखनउलाई सस्तैमा समेट्न दिल्लीका लागि इशान्त शर्माले तीन विकेट हात पारे। चार ओभर बलिङ गरेका उनले मात्र ३४ रन दिए। उसका लागि खलील अहमद, अक्षर पट्टेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टब्सले समान एकएक विकेट लिए।

प्लेअफ दौडमा महत्त्वपूर्ण मानिएको खेलमा पराजित भएको लखनउले अब एक खेल खेल्न बाँकी छ भने दिल्लीले १४ वटा खेल खेलिसकेको छ। सात खेल गुमाएर सात खेलमै जित निकालेको दिल्ली १४ अंकसहित पाँचौं स्थानमा छ। लखनउ भने एक खेल बाँकी हुँदा १२ अंकसहित सातौं स्थानमा छ।

लखनउको प्लेअफ पुग्ने झिनो सपना बाँकी नै छ। तर यो गणितीय सम्भावनाका लागि अन्य खेलको नतिजा कुनुपर्नेछ। लखनउमाथिको जितले सबै खेल खेलिसकेको दिल्लीको प्लेअफको गणितीय सम्भावना अरुको खेलमा निर्भर छ।

आईपिएल अन्तर्गत बुधबार राजस्थान रोयल्स र पञ्जाब किंग्सको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ६ : १८ बजे

एआई साझा हितका लागि : भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केही शक्तिशाली

गणतन्त्रसम्म यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी

प्रजातन्त्र दिवसले नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई दिगो

एनआरएनए अध्यक्षका उम्मेदवार शेरचन विश्व दौडाहामा

काठमाडौं–  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औँ महाधिवेशनको संघारमा

‘राजनीतिक अस्थिरताले लोकतान्त्रिक संविधानलाई ‘ड्यामेज’ गर्‍यो’

काठमाडौं– सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव