क्यान्सरको उपचारमा प्रभावकारी बन्दै रेडिएसन थेरापी | Khabarhub Khabarhub

क्यान्सरको उपचारमा प्रभावकारी बन्दै रेडिएसन थेरापी


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा नसर्ने रोगको प्रकोप बढ्दो छ। नेपालमा हुने सबै मृत्युमध्ये झण्डै दुई तिहाइ मृत्यु नसर्ने रोगबाट हुने गरेको छ। नसर्ने रोगमध्येको एक रोग क्यान्सर हो। पहिलो चरण अर्थात् सुरुवाती अवस्थामै रोग पत्ता लगाउन सक्यो भने यो पूर्ण रुपमा निको पार्न सकिन्छ। यति हुँदाहुँदै पनि हरेक वर्ष ३० हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन् भने करिब २० हजारको क्यान्सरकै कारण ज्यान जाने गरेको तथ्याङ्क छ। उपचारको कुरा गर्नुपर्दा अहिले अप्रेशन, विभिन्न थेरापीको प्रयोगले क्यान्सरको उपचार भइराखेको छ। उपचारका विभिन्न प्रविधिमध्ये एउटा प्रविधि हो रेडिएसन थेरापी। जुन अप्रेशन गर्न नमिल्ने अवस्थाको क्यान्सर र अंगमा प्रभावकारी भइरहेको चिकित्सक बताउँछन्। रेडिएसन थेरापी कस्तो थेरापी हो ? कुन-कुन क्यान्सरमा यसको उपचार प्रभावकारी हुन्छ ? क्यान्सरबाहेक अन्य रोगको यो विधिबाट उपचार हुन्छ कि हुँदैन ? यिनै विषयमा केन्द्रित भएर विराट मेडिकल कलेज एण्ड शिक्षण अस्पतालमा कार्यरत कन्सलट्यान्ट क्लिनिकल अंकोलोजिस्ट डा.अस्मिता रायमाझीसँगको कुराकानीः

रेडिएसन थेरापी कस्तो प्रविधि हो ?
यो क्यान्सरको उपचारमा प्रयोग हुने एउटा विधि हो। जसले विकिरणको माध्यमबाट क्यान्सरको किटाणुलाई मार्ने काम गर्छ।

कुनकुन क्यान्सरमा यसको उपचार प्रभावकारी हुन्छ ?
मुख्यतया नाक, कान, घाँटीको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरमा यसको उपचार प्रभावकारी मानिन्छ। यस्तो क्यान्सरलाई यो विधिबाट पूर्ण रुपमा निको पार्न सकिन्छ। त्यस्तै फोक्सोको क्यान्सर, छालाको क्यान्सर लगायत प्राय सबै क्यान्सरमा यसको प्रयोगले दुखाई कम गर्ने काम गर्छ। रगतको क्यान्सरमा भने यो विधि प्रयोग हुँदैन।

क्यान्सरबाहेक अप्रेशन गर्न कठिन हुने ट्युमरको उपचारका लागि पनि यो विधि प्रभावकारी मानिन्छ।

क्यान्सरबाहेक अन्य रोगको उपचारमा यो विधि प्रयोग हुन्छ कि हुँदैन ?
क्यान्सरबाहेक अन्य रोगको उपचारमासमेत यो विधिको प्रयोग हुन्छ। घाँटीको ट्युमर तथा दिमागको ट्युमरको उपचारमा यो विधि उपयोग हुन्छ। जुन क्यान्सर होइन। अप्रेशन गर्न कठिन हुने ट्युमरको उपचारका लागि यो विधि प्रभावकारी मानिन्छ। त्यस्तै आँखाको ट्युमरमा पनि यो थेरापी प्रभावकारी मानिन्छ।

नेपालमा थेरापीको यो विधिको प्रयोग नयाँ हो ?
नयाँ होइन। सन् २००२ सालमा नेपालमै यसबारे अध्ययन अध्यापनको सुरुवात भएको हो भने त्यो भन्दा पहिले नै यसको प्रयोग वीर अस्पतालबाट सुरु भएको मानिन्छ। त्यस्तै भरतपुर अस्पतालमा पनि लामो समयदेखि यसको प्रयोग हुँदै आएको छ। अहिले धेरै क्यान्सर अस्पतालमा यो प्रभावकारी भइरहेको छ। पहिले यसलाई रेडियसन थेरापी नभनेर सेकाइको मेसिन भनेर चिन्ने गरेकाले रेडियसन थेरापी भन्दा नयाँ लागेको हो। अहिले विभिन्न सामाजिक सञ्जाबाट यसबारे प्रचारप्रसार भएर पनि यसप्रति धेरैको आकर्षण बढेको हो।

क्यान्सरको उपचारमा यो विधि कत्तिको प्रभावकारी भइरहेको छ ?
क्यान्सरको उपचारमा यसको ठुलो भूमिका छ। जस्तै मष्तिष्कको क्यान्सर भयो भने सबै ट्युमर त निकाल्न मिल्दैन। त्यो भागमा सबै सोच्ने शक्तिहरु हुन्छ। मस्तिष्कको सानो भागमा यदि ट्युमर फैलिएको छ भने त्यसलाई रेडिएसन थेरापीकै माध्यमबाट निको पार्न सकिन्छ। त्यस्तै नाक, कान, घाँटी, पाठेघरको मुखको क्यान्सर, आन्द्रा तथा खाने नली लगायत अप्रेशन गर्न नमिल्ने अंग तथा अप्रेशनपछि फेरि बल्झिन नदिनका लागि थेरापीको महत्त्वपूर्ण भूमिका रहन्छ। किनकी यसले क्यान्सर गराउने किटाणुलाई मार्ने काम गर्छ।

अन्य थेरापीभन्दा कति खर्चिलो छ ?
अन्य थेरापी भन्दा यो खर्चिलो छ। किनकी यसको मेसिन खर्चिलो हुन्छ। त्यसलाई चलाउनका लागि धेरै जनशक्तिको आवश्यकता पर्ने भएकाले नेपालमा मात्रै होइन संसारभर यो प्रविधी खर्चिलो मानिन्छ।

मेसिन चलाउनका लागि धेरै जनशक्तिको आवश्यकता पर्ने भएकाले नेपालमा मात्रै होइन संसारभर यो प्रविधी खर्चिलो मानिन्छ।

यो थेरापीको उपचार अवधि कति लामो हुन्छ ?
शरीरको कुन अङ्गमा क्यान्सर लागेको हो ? त्यो अनुसार यसको उपचारको अवधि तय हुन्छ। जस्तै स्तन क्यान्सर हो र धेरै फैलिएको छैन भने १५ दिनसम्म गर्न सकिन्छ। त्यस्तै निको पार्न सकिने अवस्थाका क्यान्सर भए २८ दिन ३० दिनसम्म यसको प्रयोग गर्न सकिन्छ। क्यान्सर मष्तिष्कमा, हड्डीहरु लगायत शरीरका विभिन्न भागमा फैलिसकेको भए दुखाई कम गर्न पाँचदेखि १० दिनसम्म गर्न सकिन्छ।

पछिल्लो समय क्यान्सरलाई सामान्य रोगका रुपमा लिइन्छ, उपचारमा पनि नयाँनयाँ प्रविधिको प्रयोग भइरहेको छ, तर क्यान्सरबाट हुने मृत्युदर किन बढिरहेको छ ?
क्यान्सर रोग बढेको छ, त्यो अनुसार उपचारको विधि पनि पत्ता लागेको छ। तर अझै पनि स्क्रिनिङहरुको कमी, जनचेतनाको कमी लगायत विभिन्न कारणले गर्दा धेरै फैलिसकेको देखिन्छ। त्यस्तो अवस्थामा क्यान्सर निको पार्न एकदमै गाह्रो हुने हुँदा मृत्यु दर पनि बढिरहेको अवस्था छ।

सरकारले अहिलेसम्म उपचारका लागि केही रकम दिने बाहेक अरु केही गरेको देखिँदैन। अब छिटो रोग पत्ता लगाउन पहल गर्नुपर्छ।

क्यान्सरलाई पहिलो चरणमै पत्ता लगाउन के के कुरामा ध्यान दिनु आवश्यक छ ?
धेरै क्यान्सरमा पहिलो चरणमै लक्षण देखिँदैन। तर आफ्नो स्वास्थ्यमा कुनै पनि समस्या छ। जस्तै ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षण देखिए भने सचेत हुनुपर्छ। त्यस्तै परिवारका अन्य सदस्यलाई क्यान्सर भएको छ भने एकचोटी क्यान्सर रोग विशेषज्ञलाई देखाउनुपर्छ। त्यस्तै अहिलेको खानपान र जीवनशैलीले पनि क्यान्सरको जोखिम बढेको हुँदा खानपानमा ध्यान दिनुपर्छ।

क्यान्सर रोकथामका लागि सरकारको भूमिका के छ ?
सरकारले अहिलेसम्म उपचारका लागि केही रकम दिने बाहेक अरु केही गरेको देखिँदैन। अब छिटो रोग पत्ता लगाउन पहल गर्नुपर्छ। यसबारे जनचेतना जगाउने यसका लक्षणबारे विभिन्न सञ्चारमाध्यममार्फत जानकारी दिने, स्क्रिनिङ् क्याम्प गर्ने, लगायतका कुरामा सरकारको महत्वपूर्ण भूमिका रहन्छ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ७ : २७ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य