भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक | Khabarhub Khabarhub

भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमले विनवाड्र्स भोलक्यानोजमाथि चार विकेटको जित निकालेको छ।

मंगलबार राति भएको खेलमा नेपालविरुद्ध पहिलो ब्याटिङ गरेको भेलक्यानोजले ८ विकेटको क्षतिमा १९६ रन बनाएको थियो। भोलक्यानोजलाई सस्तैमा समेट्न नेपालका कप्तान रोहित पौडेलले तीन विकेट हात पारेका थिए।

१९७ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। भुर्तेलले आक्रामक ओपनिङ गर्दै ४२ बलमा ७१ रन बनाएका थिए भने आक्रामक फिनिसिङ गर्दै दीपेन्द्रले २५ बलमा नटआउट ५२ रन बनाए। १९७ रनको लक्ष्य नेपालले १९.३ बलमा ६ विकेट गुमाउँदै भेट्टाएको हो।

नेपाललाई अन्तिम २ ओभरमा जितका लागि ३८ रन आवश्यक थियो। दीपेन्द्रले १९ औं ओभरमा चार छक्का प्रहार गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। उक्त ओभरमा नेपालले २६ रन बनाएको थियो।

अन्तिम ओभरमा सोमपाल कामीले १२ रन जोड्दै नेपाललाई जित दिलाएका हुन। सोमपालले नटआउट ३५ रन बनाए।

भोलक्यानोजसँग नेपालले थप दुई वटा अभ्यास खेल खेल्दैछ। विश्वकप अगाडिको यो अभ्यास खेललाई महत्त्वका साथ हेरिएको छ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ८ : ३१ बजे

युक्रेनलाई रूसविरुद्ध लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी

फिल्म ‘अग्निदहन’ : जब ‘बोक्सी’ आरोपमा जलिरहेकी आमालाई बच्चाहरूले हरिरहे…

काठमाडौं- ‘बोक्सी’ कु-प्रथासम्बन्धी सत्य घटनाबाट प्रेरित फिल्म ‘अग्निदहन’ मंसिर ७

बेनीमा तीन सय योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ मा तीन

मलेखु–मुग्लिन सडकको काम तीव्र गतिमा

चितवन– पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको

फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा नेपाली कम्पनी ‘ट्रु डर्मा’

  काठमाडौँ- फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा एउटा नेपाली कम्पनी परेको