नयाँ दल खोलेका अशोक राईसहित नेताहरू जसपा नेपालबाट निष्कासित « Khabarhub

नयाँ दल खोलेका अशोक राईसहित नेताहरू जसपा नेपालबाट निष्कासित


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनमा संलग्नलाई निष्कासन गरिएको छ ।

जसपा नेपालको मंगलबार र बुधबार ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवगठित जनता समाजवादी पार्टीका अध्यक्षसहित ३२ जनालाई साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय लिएको हो ।

यादवको अध्यक्षतामा बसेको बैठकले अशोक राईसहितका नेताहरू जनकपुरमा हुन लागेको महाधिवेशनबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।

‘उनीहरूले महाधिवेशनबाट भाग्न खोजेर पार्टी फुटाएका हु्न्’, जसपाका एक नेताले खबरहबलाई भने, ‘सातजना सांसदको अगुवाइमा ३२ जना नेताको हस्ताक्षरसहित नयाँ पार्टी खोलेकालाई कारबाहीको पत्र पठाइएको थियो । उक्त पत्रलाई केन्द्रीय कार्यकारिणती समितिले अनुमोदन गरेको छ। उनीहरू अब साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् ।’

जसपा नेपालले पार्टी फुटविरुद्ध भण्डाफोर अभियान पनि चलाउने भएको छ ।

‘तोकिएको मितिमा महाधिवेश हुनेछ । जेठ २८ र २९ गते जनकपुरमै गर्ने निर्णय भइसकेको छ’, ती नेताले भने ‘त्यसकै तयारीमा जुट्न पार्टी पंक्तिलाई आह्वान गरिएको छ । उनीहरूले विचार र सिद्धान्त नमिलेर पार्टी फुटाएको होइन । महाधिवेशनबाट भाग्न खोजेर पार्टी फुटाएको हो। पार्टी फुटविरुद्ध भण्डाफोर अभियान सुरु हुन्छ ।’

 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १ : ३३ बजे

आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा

आज पोखरामा कांग्रेसको आमसभा

पोखरा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

गाईभैँसीमा थुनेलो रोग

पर्वत– भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा