पार्टी फुटेपछि उपेन्द्रले केन्द्रीय कमिटी १५१ बाट २५१ पुर्‍याए, महासचिव र उपाध्यक्ष पनि थपे « Khabarhub

पार्टी फुटेपछि उपेन्द्रले केन्द्रीय कमिटी १५१ बाट २५१ पुर्‍याए, महासचिव र उपाध्यक्ष पनि थपे


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाख २३ गते अशोककुमार राईसहितका ३२ जना नेताहरूले नयाँ दल खोलेपछि उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिलाई दोब्बर ठूलो बनाएका छन् ।

यसअघि भएको विधान महाविशेनमा निर्णय संशोधन गर्दै मंगलबार र बुधबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समित बैठकले केन्द्रीय समितिको संख्या १५१ बाट बढाएर २५१ पुर्‍याएको हो ।

केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्य र पदाधिकारीको संख्या थप गर्ने निर्णय लिएको हो ।
विधान संशोधन गर्ने निर्णय गरेको जसपाले पदाधिकारी संख्या पनि हेरफेर गरेको छ।

जसअनुसार विधान अधिवेशनले १५१ सदस्यीय बनाएको केन्द्रीय समिति अब बढाएर २५१ सदस्यीय बनाउने निर्णय भएको हो ।

जसपाले विधान अधिवेशनका निर्णयमा संशोधन गर्दै यसअघि १ जना महासचिव हुने व्यवस्था हटाएर २ जना महासचिव रहने निर्णय गरेको छ ।

उता पहिले ३ जना उपाध्यक्ष रहेकोमा अब केन्द्रीय कार्यकारिणी समितिले ५ जना उपाध्यक्ष राख्ने निर्णय गरेको छ ।

बैठकले जेठ २८ र २९ गते हुने महाधिवेशनका लागि जेठ १० गतेभित्रमा महाधिवेशन प्रतिनिधि चयन गरिसक्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १ : ४८ बजे

आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा

आज पोखरामा कांग्रेसको आमसभा

पोखरा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

गाईभैँसीमा थुनेलो रोग

पर्वत– भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा