गगनबारे केपी ओली : सहकारी प्रकरण उचालेर संसद्‍मा उदण्डता देखाए, जथाभावी बोले « Khabarhub

गगनबारे केपी ओली : सहकारी प्रकरण उचालेर संसद्‍मा उदण्डता देखाए, जथाभावी बोले


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी प्रकरण उचालेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा उदण्डता प्रदर्शन गरेको बताएका छन् ।

बुधबार नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख देवराज घिमिरेले भनेको नमानी कांग्रेसले संसद्मा उदण्डता प्रदर्शन गरेको आरोप लगाए ।

‘सभामुखले फलानालाई बोल्न समय दिन्छु भन्दा बोल्न दिन नपाइने, यति अशिष्ट ढंगले तपाईंको निगाहको समय चाहिँदैन भनेर उदण्डता प्रदर्शन गर्ने ?’, उनले कांग्रेस महामन्त्री गगन थापातिर लक्षित गर्दै भने, ‘संसद्‍मा सभामुखसँग के भाषा हो त्यो नेपाली कांग्रेसको ?’

गगनको नाम नलिएका ओलीले अगाडि थपे, ‘सभामुखसँग त्यस्तो भाषा गरेर संसद् चलाउन खोजेको हो कांग्रेसले ?’

बजेट अधिवेशनको सुरु हुँदा वैशाख २८ गते सभामुख घिमिरेले कांग्रेस महामन्त्री थापालाई बोल्न ३ मिनेट दिएका थिए । उक्त समय सकिएपछि सभामुखले २ मिनेट थपे । तर गगनले, ‘तपाईंको निगाहाको समय चाहिँदेन, मेरो हकको समय मागेको हो ।’ भनेका थिए ।

संसदीय दलको बैठकमा ओलीले अबको प्रतिनिधि सभा बैठकमा रास्वपाका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने बताए ।
उनले रविले बोल्न नपाए कांग्रेसलाई रोकेर एमालेले बोल्ने बताउँदै कांग्रेसको उदण्डता हेरेर नबस्ने प्रष्ट पारे ।

‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्‍यो, होइन भने हामी बोल्छौं,’ ओलीले भने, ‘कांग्रेस आरोपित गरिरहने ? बकवास बोलिरहने ? अर्काले प्रतिवाद गर्न नपाउने, यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास हुन्छ।’

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ३ : ४१ बजे

सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका ११ फिल्मको व्यापार विजोग

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनावरी १

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये