आपत्तिजनक गाली गरेको भोलिपल्टै गृहमन्त्रीसँग माफी मागे भुसालले | Khabarhub Khabarhub

आपत्तिजनक गाली गरेको भोलिपल्टै गृहमन्त्रीसँग माफी मागे भुसालले


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आपत्तिजनक शब्दसहित गाली गरेका निकोलस भुसालले माफी मागेका छन् ।

बुधबार गृह मन्त्रालय परिसरमै पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसँग भुसालले माफी मागेका हुन् ।

क्रिकेटर सन्दीप लामिछानेको समर्थनमा सडकमा उत्रिरहेका भुसाल केही दिनयता आपत्तिजनक र विवादित अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

माइतीघर क्षेत्रमा प्रदर्शननमा उत्रिएका उनीसहितलाई प्रहरीले यसबीचमा दुई पटक पक्राउ गरिसकेको छ ।

प्रहरी हिरासतबाट निस्किएपछि अर्का भाइरल व्यक्ति दुर्गा प्रसाईलाई भेटेपछि भुसाल झन् जथाभावी बोलिरहेका छन् ।

उनले गृहमन्त्री लामिछानेलाई तथानाम गाली गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता पनि च्यात्ने बताएका थिए ।

तर उनै भुसालले बुधबार गृह मन्त्रालय रविलाई भेटेर माफी मागेका हुन् । उनले आफूले आक्रोशमा आएर बोलेको भन्दै माफी मागेपछि गृहमन्त्री मुस्कुराएका थिए ।

उनले गृहमन्त्री लामिछानेलाई भेटेपछि ‘युवाहरूका आशा र भरोसा’ को संज्ञा दिएर प्रशंसा गरे ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ४ : २३ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा