क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ « Khabarhub

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।

दुई दिनसम्म दुवै पक्षका वकिलको दुई दिन लामो बहस सकिएसँगै उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बुधबार पनि पक्ष-विपक्षका वकिलहरूले बहस गरेका थिए। जवाफी बहस पनि सकिएपछि न्यायाधीशद्वयले सन्दीपलाई राहत दिने गरी फैसला सुनाएका हुन् ।

फैसालअघि अन्तिम निर्णयका लागि न्यायाधीशहरूले इजलासमै सीसीटीभी फुटेज हेरेका थिए । इजलासमा फुटेज बजाउन समस्या भएपछि उच्च अदालत प्रशासनले बाहिरबाट प्राविधिकसमेत झिकाइएको थियो ।

यसअघि २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीशले पनि सन्दीपलाई बलात्कार प्रकरणमा दोषी ठहर गर्नुअघि उक्त सीसीटीभी फुटेज इजलासमै हेरेका थिए।

न्यायाधीशद्वयले आजै फैसला दिने गरी दुवै पक्षका वकिलहरूलाई समय निर्धारण गरिदिएर बहसमा बोलाएका थिए । दुवै पक्षका वकिललाई न्यायाधीशहरूले डेढ-डेढ घण्टाको समय दिएका थिए ।

यसअघि यो मुद्दामा सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी र रमन श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरेका थिए ।

उनीहरूले सन्दीपलाई दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामा पनि प्रश्न उठाएका थिए ।

पीडित भनिएकी युवती गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरूले जिल्लाको सजाय अझै कम भएको जिकिर गरेका थिए ।

२०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी मुद्दामा सन्दीलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले फैसला गरेको थियो । तर  फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्च पुगेका थिए ।

यो मुद्दामा गौशाला २६ ले पनि पुनरावेदन गरेकी थिइन् । यस्तोमा दुवैले आफ्नो पक्षबाट कुरा राखेका थिए । यो मुद्दामा उच्चले सफाइ दिएपछि सन्दीपका लागि अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ ।

यदि उच्चले पनि जिल्लाकै फैसला सदर गरिदिएको सन्दीपका लागि अन्तिम अदालतको निर्णय कुर्ने विकल्प मात्रै हुने थियो ।

यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई एकजना युवतीलाई गौशालाको होटलमा बलात्कार गरेको भन्दै दोषी ठहर गरेको थियो ।

के थियो प्रकरण? 

सन्दीपले बलात्कार गरेको आरोपसहित २०७९ भदौ २१ गते गौशाला प्रहरी बृत्तमा उजुरी परेको थियो । उजुरी पर्दा सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा थिए ।

जाहेरी परेको १ महिनापछि उनी असोज २० गते अमेरिकाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

बलात्कार मुद्दामा सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको । उनी २०७९ पुस २८ गते उच्च अदालत पाटनकै आशेमा २० लाख धरौटीमा छुटेका थिए । तर, उनलाई त्यसबेला उच्च अदालतले नेपाल छोड्न प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि क्रिकेट खेल्न विदेश जान पाऊँ भन्दै सन्दीपले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले २०७९ फागुन १५ मा शर्तसहित क्रिकेट खेल्न विदेश जाने अनुमति उनलाई दियो ।

सन्दीप क्रिकेट खेल्न देश र विदेश पुग्दै गर्दा काठमाडौं जिल्ला अदालतमा लामो समय अल्झिएको यो मुद्दा दर्ता भएको १४ महिनापछि फैसला हुँदा बलात्कारमा दोषी ठहर भएका थिए ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ५ : ०७ बजे

लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीले आधुनिक सूचना प्रविधिको सदुपयोग

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको

अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

काठमाडौं– काठमाडौँ उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि

नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा

१०औँ राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो साता हुने

काठमाडौं– नेपाल बास्केटबल संघको आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल