ओली-प्रचण्ड भेटेपछि रविले भने : कांग्रेसको आरोपको जवाफ संसद्‍बाटै दिन पाउनुपर्छ « Khabarhub

ओली-प्रचण्ड भेटेपछि रविले भने : कांग्रेसको आरोपको जवाफ संसद्‍बाटै दिन पाउनुपर्छ


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले लगाएको सहकारी ठगी आरोपबारे संसद्‍मा बोल्न पाउनुपर्ने अडान दोहोर्‍याएका छन् ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि लामिछानले संसद्‍मा बोल्न पाउनुपर्नेबारमै छलफल भएको बताए ।

लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैलाई हुने बताउँदै लामिछानेले आफूमाथिको आरोपको जवाफ सदनबाटै प्रष्ट पार्न पाउनुपर्ने कुरा दोहोर्‍याए ।

यदि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने रास्वपा सभापति लामिछानेले बताए।

सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज आइसकेको अवस्थामा बोल्न पाउनुपर्नेबाहेक अरु कुनै माग नरहेको पनि बताए ।

कांग्रेसले बर्षे अधिवेशनमा पनि सदन अवरुद्ध गरिरहेको छ । प्रधानमन्त्रीले बुधबार पनि ओली र लामिछानेलाई सिंहदरबारमा डाकेका थिए ।

एमालेले बुधबार बसेको संसदीय दलको बैठकबाट कांग्रेसले एकतर्फी कुरा राखिरहे नस्वीकार्ने, प्रतिरोध थाल्ने जनाइसकेको छ ।

 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ५ : ०४ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको