भारतको तामाखानीमा लिफ्ट खस्दा फसेकाको उद्धार « Khabarhub

भारतको तामाखानीमा लिफ्ट खस्दा फसेकाको उद्धार


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

भारत– भारतस्थित कोलिहान तामाखानीमा लिफ्ट खसेपछि खानीमा फसेका थप सात जनालाई निम का थाना जिल्लामा उद्धार गरिएको एक अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार बुधबार बिहान तीन जनालाई उद्धार गरिएको थियो भने हालसम्म उद्धार गरिएमा व्यक्तिको सङ्ख्या १० पुगेको छ । यसैगरी खानीमा फसेका बाँकीलाई निकाल्ने प्रयास भइरहेको छ ।

“घटनास्थलबाट १० जनाको उद्धार गरिएको छ, पहिलो स्लटमा तीन जनालाई खानीबाट बाहिर निकालिएको छ, पाँच जनाको उद्धार गरिएको छ, दोस्रो र तेस्रो स्लटमा थप दुई जनालाई बाहिर निकालिएको छ”, निम का थानाका प्रहरी उपरीक्षक प्रवीण नायकले भने।

झुनझुनु सरकारी अस्पतालका डा प्रवीण शर्माले सबै मानिस सुरक्षित रहेको जानकारी दिए। उनका अनुसार तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई जयपुर पठाइएको छ । केही घाइतेको हात र केहीको खुट्टा भाँच्चिएको छ ।

कोलिहान खानीमा लिफ्ट खसेपछि कम्तीमा १४ जना खानीभित्र फसेका छन् । घटना मंगलबार राति निम का थाना जिल्लामा हिन्दुस्तान कपर लिमिटेडको तामाखानीमा भएको हो । 

लिफ्टमा कोलकाताको सतर्कता टोली र खानीका अधिकारीहरू पनि  थिए । लिफ्ट खानीभित्र एक हजार आठ सय फिटभन्दा तल खसेको अनुमान गरिएको छ । लिफ्टलाई समर्थन गर्ने डोरी चुँडिएका कारण यो घटना भएको हो ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ५ : ११ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार