सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

काठामाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा बा.५ ख २९६७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, कपिलवस्तुकाे विजयनगर गाउँपालिका-५ कटुवास्थित सडकमा ठाकुरापुरबाट बिजयनगर पिपरीतर्फ जाँदै गरेको युपी ४७ एन ०३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६४ वर्षीया खिरताजी पासीको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसतै,  सिरहाकाे औरही गाउँपालिका-३ खजनपुरस्थित सडकमा मधेश प्रदेश ०१-००१ त २६४६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय जगदिश ठाकुर बरहीको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ६ : ०६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह