टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट « Khabarhub

टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि छनोट भएका छन् ।

लैनचौरस्थित टेबल टेनिस हलमा आज भएको दक्षिण एसियाली छनोट प्रतियोगिताको पुरुष एकलतर्फको फाइनल खेलमा स्यान्टुले नेपालकै संयोग कपालीलाई ४–३ ले पराजित गर्दै ओलम्पिकमा छनोट भएका हुन् । योसँगै ओलम्पिकमा छनोट चरणबाट खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि नेपालबाट तेक्वान्दोका सङ्गीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका थिए । सङ्गीना सन् २००४ मा एथेन्स र दीपक सन् २००८ मा बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए ।

‘वेष्ट अफ सेभेन’मा भएको आजको खेलमा पहिलो सेट ११–७ अङ्कले आफ्नो पक्षमा पारेका स्यान्टु दोस्रो सेटमा ८–११ अङ्कले पराजित भए । त्यसपछिका दुई सेट ११–७ र ११–६ अङ्कले जित निकालेका स्यान्टुले पाँचौँ र छैटौँ सेट ८–११ र ८–११ अङ्कले गुमाए । अन्तिम सेट ११–९ अङ्कले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे ।

यसअघि स्यान्टुले श्रीलङ्कका चमिरा गिनिगे र संयोगले श्रीलङ्काकै जयसनका डी सिल्भालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ९ : १६ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि