बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते « Khabarhub

बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जिप वडा नम्बर ५ को मस्तीमा आज साँझ छ बजे आसपासमा दुर्घटनामा परेको हो ।

साँझको समयमा दुर्घटना हुँदा घाइतेको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरी निरीक्षक विकको भनाइ छ । घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको उनले बताए ।

दिउँसोदेखि पानी परेको र साँघुरो सडकमा ब्याक गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हुनसक्ने विकले बताए । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य चौकीमा पठाइएको उनको भनाइ छ ।

“दुर्घटना भएको खबर पाए लगत्तै प्रहरीको टोली घटनास्थल पुगेर उद्धारमा लागेको थियो, सबै घाइतेलाई उद्धार गरेर बुर्तिबाङ पठाइएको छ, अँध्यारो भएको हुँदा धेरैको अवस्था बुझ्न पाइएको छैन, बालबालिका र महिला बढी सवार हुनुहुँदो रैछ”, प्रहरी निरीक्षक विकले भने । दुर्घटनास्थल बुर्तिबाङ बजारदेखि करिब ८ किलोमिटर पश्चिममा पर्छ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १० : १२ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी