बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय | Khabarhub Khabarhub

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मन्त्रालयलाई विभाजन गरि युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको प्रवत्ता गंगानारण श्रेष्ठले खबरहबलाई बताए ।

उनले भने, ‘सामाजिक विकास मन्त्रालय विभाजन गरि युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेका छौं । अब काम गर्न सहज हुन्छ ।’

बिना विभागीय मन्त्री रमा आले मगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय विभाजन गरिएको बताइएको छ । आले नेकपा (एकीकृत समाजवादी)को तर्फबाट काठमाडौं १० (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। मगर डेढ महिनाअघि बिना विभागीय मन्त्री बनेकी थिइन् ।

याेसँगै बागमतीमा मन्त्रालयको संख्या १३ पुगेको छ । यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खर्च कटौतीका लागि मन्त्रालयको संख्या १४ बाट घटाएर १२ कायम गरेका थिए । उनले सरकार जोगाउन र भागबण्डा मिलाउन फेरि मन्त्रालयको संख्या बढाएका हुन् ।

 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ११ : २९ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले