नेपालले टस जितेर फिल्ड रोज्यो : दक्षिण अफ्रिकाले सुरुमा ब्याटिङ गर्ने « Khabarhub

नेपालले टस जितेर फिल्ड रोज्यो : दक्षिण अफ्रिकाले सुरुमा ब्याटिङ गर्ने

पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै नेपाल


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्ड रोजेको छ। विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाले सुरुमा नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ।

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा शनिबार बिहान नेपाली समय अनुसार ५ः१५ बजे नेपाल र दक्षिण अफ्रिकाबीचको खेल सुरु हुनेछ। टी–२० क्रिकेटमा नेपाल र दक्षिण अफ्रिकाको यो पहिलो भेट हो।

प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न नेपाललाई खेल जित्नै पर्ने दबाब छ। दक्षिण अफ्रिका भने यसअघि नै सुपर आठमा प्रवेश गरिसकेको छ।

नेपाल र दक्षिण अफ्रिका विश्वकपको समूह ‘डी’ मा रहेका छन्। यो समूहमा बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स पनि छन्। यी मध्ये श्रीलंका समूह चरणबाटै बाहिरी सकेको छ भने अन्य टोलीको सुपर आठमा पुग्ने सम्भावना कायमै छ।

दक्षिण अफ्रिका तुलानात्मक रुपमा नेपाल भन्दा बलियो टोली हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १७ औं स्थानमा छ। दक्षिण अफ्रिका भने नेपाल भन्दा दश स्थान माथि सातौं स्थानमा छ।

यसअघि आफ्नो दोस्रो खेलमा वर्षा बाधक भन्दा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो। पहिलो खेलमा भने नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो।

पहिलो खेलमा १०७ रनको चुनौती दिएको नेपाललाई नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १८.४ ओभरमा १०९ बनाएर ६ विकेटले पराजित गरेको थियो।

नेदरल्यान्ड्सँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले टेस्ट राष्ट्रलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्य राखेको छ।

समूह ‘डी’ का तीन खेलमा सबै जितसहित दक्षिण अफ्रिका ६ अंकसहित शीर्ष स्थानमा छ। चार अंक जोडेको बंगलादेश र नेदरल्यान्ड्स दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल र श्रीलंकाको एकएक अंक छ।

नेपालले समूह चरणको अन्तिम खेल असार २ मा बङ्गलादेशसँग वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा खेल्नेछ।

नेपाली टोली

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ४ : ५९ बजे

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता

ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने