१० औं ओभरको समाप्तिमा नेपालविरुद्ध दक्षिण अफ्रिकाले ५७ रन बनायो « Khabarhub

१० औं ओभरको समाप्तिमा नेपालविरुद्ध दक्षिण अफ्रिकाले ५७ रन बनायो


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ। १० औं ओभरको समाप्तिमा नेपालले एउटा मात्र सफलता पाएको छ।

विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिणको पहिलो विकेट नेपालका दीपेन्द्रसिंह ऐरीले लिए। उनले चौथो ओभरमा दक्षिण अफ्रिकाका क्विन्टन डी ककलाई ११ बलमा १० रन बनाउँदा आउट गरेका हुन्।

अफ्रिकाविरुद्ध पहिलो ओभरमा नेपालका सोमपाल कामीले चार रन दिए। दोस्रो ओभर बलिङ गर्दै दीपेन्द्रसिंह ऐरीले ६ रन दिए। दक्षिण अफ्रिकाले दोस्रो ओभरको समाप्तिमा १० रन जोड्यो। तेस्रो ओभरमा बलिङ गर्न आएका सोमपाल कामीले ५ रन दिए। चौथो ओभरमा नेपालका लागि दीपेन्द्र ऐरीले एक विकेट लिएर ६ रन दिए।

पाँचौ ओभरको बलिङ करण केसीले गर्दा ९ रन दिए। पाँचौं ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले एक विकेटको क्षतिमा ३१ रन बनायो। छैटौं ओभरमा कुशल मल्लले बलिङ गरे। उनले ९ रन दिए।

सातौ ओभरमा बलिङ गर्न आएका सन्दीप लामिछानेले दुई रन दिए। सातौं ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले नेपालविरुद्ध एक विकेट गुमाएर ४० रन बनायो।

आठौं ओभरमा कुशल मल्लले ११ रन दिए। नवौं ओभरमा व्यक्तिगत दोस्रो ओभर बलिङ गरेका सन्दीप लामिछानेले मात्र २ रन दिए। १० औं ओभर बलिङ गरेका कुशल मल्लले ४ रन दिए। १० औं ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले नेपालविरुद्ध ५७ रन बनायो। नेपालले दोस्रो विकेटका लागि संघर्ष गरिरहेको छ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ५८ बजे

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)

काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या