नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको चुनौती, कुशल भुर्तेलले लिए चार विकेट « Khabarhub

नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको चुनौती, कुशल भुर्तेलले लिए चार विकेट


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेल जारी छ। वेस्ट इन्डिजमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपाललाई दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११६ रनको चुनौती दिएको छ।

नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिएका छन्। उनले मात्र १९ रन दिएर चार विकेट हात पारेका हुन्।
अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा २१ रन दिए।

दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन्। ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए भने कप्तान एडेन मार्करामले १५ रन बनाए।

पुरै २० ओभर खेल्दै दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : ५१ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा