नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको चुनौती, कुशल भुर्तेलले लिए चार विकेट « Khabarhub

नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको चुनौती, कुशल भुर्तेलले लिए चार विकेट


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेल जारी छ। वेस्ट इन्डिजमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपाललाई दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११६ रनको चुनौती दिएको छ।

नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिएका छन्। उनले मात्र १९ रन दिएर चार विकेट हात पारेका हुन्।
अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा २१ रन दिए।

दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन्। ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए भने कप्तान एडेन मार्करामले १५ रन बनाए।

पुरै २० ओभर खेल्दै दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : ५१ बजे

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय