राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा « Khabarhub

राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ११२औं अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि जर्मनीको औपचारिक भ्रमणमा जाँदैछन् । राष्ट्रपति पौडेल आज जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् ।

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।

मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले काठमाडौंमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो ।

सन् २०१८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान पु¥याएको छ । जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केल सन १९६७ र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गरेका थिए । त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रुअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गरेका थिए ।

यसैगरी तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनको भ्रमण गरेका थिए ।

यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गरेका थिए ।

राष्ट्रपति पौडेल राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने तालिका रहेको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : १९ बजे

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन

इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

एजेन्सी– इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी

निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी

महोत्तरी– महोत्तरीमा निर्वाचनको चहलपहल बडढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन

ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी

काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको

बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ

काठमाडौं– बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंग्लोरबाट