अफवाह चिर्नका लागि टोल टोलमा संगठनको आवश्यक : उपसभापति वाग्ले « Khabarhub

अफवाह चिर्नका लागि टोल टोलमा संगठनको आवश्यक : उपसभापति वाग्ले


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले टोल टोलमा, वडा वडामा संगठन विस्तार गर्नुपर्ने बताएका छन् । 

शनिवार काठमाडौंमा रास्वपा स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पार्टीमा संगठनको आवश्यक महसुस भएको बताए । 

उनले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने तर इलाम र तनहुँमा देखिएको उपनिर्वाचनको परिणामले गाउँमा पनि रास्वपाका कार्यकर्ता परिचालन गर्नुपर्ने बताए । 

उनले चुनावको मौन अवधिमा विज्ञप्ति निकाल्न नमिल्ने भएका कारण पुराना पार्टीले रास्वपा विरुद्ध  अफवाहहरू फैलाएको दाबी गरे । 

उनले भने, ‘पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ । हामीलाई कार्यकर्ता नै चाहिँदैन, हामी मासबेस्ड पार्टी हो भन्ने एउटा विचारधारा नभएको पनि होइन । तर अहिले यी दुई एक्स्ट्रिमका बीच हामीले मिडल पार्ट बनाउनु पर्ने अवस्था देखिरहेको छु। संगठन चाहिँदो रहेछ भन्ने कुरा, काठमाडौंमा अलि सजिलो होला । तर अन्य जिल्लाहरूमा त्यो हामीले देखिसक्यौँ । तनहुँमै देख्यौँ, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौँ । संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो । सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरू फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोल टोलमा, वडा–वडामा साथीहरू नै भएनन् । मौन अवधिमा विज्ञप्ति निकाल्न नमिल्ने, भिडियो वक्तव्य निकाल्न नमिल्ने, नेताहरूले भाषण गर्न नमिल्ने, त्यो अन्तिम घडीको अफवाहहरू चिर्न कार्यकर्ताहरु नै चाहिन्थ्यो । पातलो चुस्त संरचना हामीले कल्पना गर्नपर्छ ।’

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १ : १० बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड