युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरू स्विट्जरल्याण्ड प्रस्थान | Khabarhub Khabarhub

युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरू स्विट्जरल्याण्ड प्रस्थान


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग शान्ति वार्ता चाहेको खण्डमा कियभलाई प्रभावकारीरूपमा आत्मसमर्पण गर्न माग गरेपछि युक्रेनमा शान्तिसम्बन्धी पहिलो शिखर सम्मेलनका लागि विश्वका नेताहरू शनिबार स्विट्जरल्याण्ड पुगेका छन् ।

बर्गेनस्टक रिसोर्टमा हुने दुई दिने सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ५० भन्दाबढी अन्य राष्ट्र र सरकार प्रमुखको सहभागिता रहनेछ तर रसियाले भने भाग लिने छैन ।

स्विट्जरल्यान्डले मस्कोलाई संलग्न गरी शान्तिको मार्गका लागि प्रारम्भिक आधार तयार पार्ने लक्ष्य राखेको थियो तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार शिखर सम्मेलनलाई ‘सबैलाई विचलित गर्ने चाल’ भन्दै प्रतिकार  गरेका छन् ।

उनले कियभले पूर्व र दक्षिणबाट आफ्नो सेना फिर्ता लिए र नाटो सदस्यताको त्यागेमा ‘तुरुन्तै’शान्ति वार्ता सुरु गर्ने बताए।

जेलेन्स्कीले पुटिनको मागलाई नाजी जर्मनीका तानाशाह एडोल्फ हिटलरको सम्झना दिलाउने क्षेत्रीय ‘अल्टिमेटम’ का रूपमा आलोचना गरेका छन् । नाटो र संयुक्त राज्य अमेरिकाले पनि रुसको यो कठोर सर्तलाई अस्वीकार गरेको हो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १ : ४६ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले