प्रदेश सरकार अदालतले चलाए, संविधानमा संशोधन गरौँ : गगन थापा  « Khabarhub

प्रदेश सरकार अदालतले चलाए, संविधानमा संशोधन गरौँ : गगन थापा 


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा २५ मन्त्री मात्र रहन व्यवस्था नभएको भए प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने तर्क गरेका छन्।  

उनले प्रदेश सरकार पनि अदालतले चलाएको बताउँदै संविधानमा संशोधन गर्नुपर्ने दाबी गरे । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीय सरकारको मन्त्रालय घटाउनुपर्ने समेत धारणा राखे ।

उनले भने, ‘संघ र प्रदेशको संसद्को साइज घटाउनुपर्‍यो। संघको मन्त्रालय यत्रो राख्नै पर्दैन। संघमा १०-१२ जना मन्त्री बनाए हुन्छ। हामीले संविधानमा २५ लेखेका छौँ। २५ नलेखेको भए अहिले प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने रहेछन्।संघमा जस्तै प्रदेशमा पनि घटाउनुपर्‍यो। प्रदेश र संघलाई मिलाउनुपर्‍यो।’

प्रदेश सरकार अदालतले चलाएको दाबी गर्दै उनले भने, ‘प्रदेश अहिले अदालतले चलाएको छ। प्रदेशका सबै मुख्यमन्त्री अहिले अदालतमा भेटिन्छन्।  प्रदेशका सन्दर्भमा संविधानमा लेखेको कतिपय कुराहरू मिलाउन संशोधन गरौँ । त्यसलाई लागि हामीले एमालेसँग सल्लाह गरौँ।’

प्रकाशित मिति : १ असार २०८१, शनिबार  २ : ४८ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री